संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार ०७ सालको क्रान्ति हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् ।

बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६ औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले नागरिकलाई रैतीबाट नागरिक बनाएको महान् दिनको रूपमा मूल्याङ्कन गर्दै, आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार पनि यही क्रान्तिमा रहेको उल्लेख गरेकी हुन् ।

‘२००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र थिएन । त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो । त्यही सालको फागुन ७ गते हामीलाई रैतीबाट नागरिक बनाउने एउटा महान् दिन थियो । आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग पनि २००७ सालको राजनीतिक क्रान्ति नै हो,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले प्रजातन्त्र दिवस मनाउँदा हामीले आत्मसमीक्षा गर्नुपर्ने औँल्याउँदै भनेकी छन्, ‘संविधानमा समानता लेखिए पनि व्यवहारमा विभेद र असमानता कायम रहेको छ ।’

सत्तामा सीमित वर्गको हालीमुहाली, स्रोत–साधनमा एकाधिकार र राज्य संरचनामा असमान अभ्यासले जनता असन्तुष्ट भएको उनले औँल्याइन् । भदौ २३–२४ मा युवा नेतृत्वको ‘जेनजी आन्दोलन’ का घटनालाई उदाहरण दिँदै उनले असन्तोषको आवाजलाई दमन गर्ने होइन, सुधारको अवसरको रूपमा ग्रहण गर्नु आवश्यक भएको उल्लेख गरिन्। लोकतन्त्र केवल प्रक्रिया मात्र नभई परिणाम दिने प्रणाली भएको र आम मानिसको जीवनमा यसको वास्तविक झल्को देखिनुपर्ने उनले जोड दिइन् ।

उनले भनिन्, ‘भदौ २३ र २४ मा जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन जनताका गुनासा सुन्न असफल संरचनामाथिको प्रश्न थियो । उक्त आन्दोलनले भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य खोजेको हो । सुशासन र समन्याय खोजेको हो । यसप्रति राज्य उदार मात्र होइन, विनयशील र कर्तव्यनिष्ठ पनि हुनुपर्दछ ।’

प्रधानमन्त्री कार्कीले यस वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते हुने भएकाले त्यसलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिइन् । आगामी संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउनेमा उनी विश्वस्त रहेको पनि बताइन् ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »