नेपाल दृष्टिविहीन अपाङ्ग केन्द्रले अघि सार्यो ९ बुँदे माग

काठमाडौँ : नेपाल दृष्टिविहीन अपाङ्ग एकता केन्द्रले सरकारसमक्ष विभिन्न ९ बुँदे माग अघि सारेको छ । केन्द्रले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शिक्षा, स्वास्थ्य एवम् रोजगारमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अनिवार्य गराईनुपर्ने, दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुलाई पार्टी, पौवा, मठमन्दिरलगायत अन्य धार्मिकस्थल एवं प्रतिक्षालयमा प्रवेश गर्न दिई उक्त स्थलहरुमा कुनै व्यक्ति वा संघ-संस्था, समूहले स्वेच्छाले दान अथवा सहयोग उपलब्ध गराएमा सरोकारवाला सरकार पक्ष एवम् उक्त स्थलका सम्बन्धित निकायले कुनै रोक वा दबाब दिन नपाईनेलगायतका मुख्य माग रहेका छन् ।

केन्द्रले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुको तत्काल खाईपाई आएको सामाजिक सुरक्षा भक्ताले दैनिकी जीवनयापन गर्न अत्यन्तै कठिनाई भएको कारणले सो भक्तामा वृद्धि गरी सहज रुपले जीवन निर्वाह भत्ताको व्यवस्था गरिनुपर्नेमा जोड दिएको छ । सरकारी स्वामित्वअन्तर्गत रहेका सार्वजनिक यातायात तथा हवाई उडानहरुमा अनिवार्य ५० प्रतिशत भाडा शुल्क छुट गराईनुपर्ने, प्रत्येक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य रुपमा यातायात तथा हवाई उडान कार्ड अनिवार्य रुपमा उपलब्ध गराईनुपर्नेपनि माग केन्द्रको छ ।

दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमूलक एवम् प्राविधिक तथा बजार व्यवस्थापन हुने किसिमका सीपमूलक तालिमहरु उपलब्ध गराई उक्त सीपमूलक तालिमको योग्यता खुलाई तालिम अनुरुपको सरकारी तवरबाट मान्यता प्राप्त भएको प्रमाणपत्र अनिवार्य उपलब्ध गराईनुपर्ने अर्को माग केन्द्रले अघि सारेको छ ।केन्द्रका अध्यक्ष प्रज्वल कुमालले यसरी अघि सारिएका ९ बुँदे माग सरकार पक्षबाट तत्काल सुनुवार्य नभएमा कानूनी बाटोअन्तर्गत सर्वोच्चमा रिट दायर गर्ने वा साथै सडक आन्दोलन जारी राखिने चेतावनी दिएका छन् । कार्यक्रममा सुदीप वली र मोहम्मद शाकिरले पनि सम्बोधन गरेका थिए । उनीहरुले आफूहरुले अघि सारेका माग तत्काल पूरा गर्न सकिने भएकोले राज्यले ध्यान दिनुपर्ने बताए ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »