धार्मिक पर्यटन र हरित सहरको परिकल्पना बोकेर अमन मास्के मैदानमा

काठमाडौं । काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा (एमाले)का उम्मेदवार अमन मास्केले जनप्रतिनिधिको रूपमा आफूले निर्वाह गर्ने भूमिका दुई तहमा केन्द्रित हुने बताएका छन् ।

उनले पहिलो, नीति निर्माण तहमा सक्रिय सहभागिता र दोस्रो, विकास निर्माणका लागि वार्षिक बजेटमा आफ्नो क्षेत्रको आवश्यकता समेट्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मास्केले काठमाडौं–६ को भौगोलिक बनावट विविध र जटिल रहेको उल्लेख गर्दै माथिल्लो भेगका साँगला, काभ्रेस्थली, धर्मस्थली जस्ता क्षेत्र र तल्लो भेगका मनमैजु, नेपालटार लगायतका बस्तीका आवश्यकताहरू फरक–फरक प्रकृतिका रहेको बताए । त्यस्तै कोटेश्वर सिटी क्षेत्रको आवश्यकता पनि भिन्न रहेको भन्दै सबै क्षेत्रलाई समेट्ने समग्र योजना आवश्यक रहेको उनको भनाइ छ ।

पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले ‘बोटलनेक फ्री इन्फ्रास्ट्रक्चर’ निर्माणमार्फत ट्राफिक जाम न्यूनीकरण गर्ने लक्ष्य रहेको बताए । शिक्षा, स्वास्थ्य र सहकारी पीडितका मुद्दा पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै भूमिहीन नागरिकका आधारभूत अधिकार गास, बास र कपास सुनिश्चित गर्न आवाज बुलन्द गर्ने उनले बताए ।

यस क्षेत्रको सबैभन्दा जटिल समस्या खानेपानी भएको उल्लेख गर्दै मास्केले एकीकृत मास्टर प्लानमार्फत दिगो समाधान खोजिने बताए । मौनेश्वर, भण्डारे लगायतका मुहानको पानी संकलन गरी ठूलो रिजर्भ ट्यांकी र वाटर ट्रीटमेन्ट प्लान्ट स्थापना गरेर वितरण प्रणाली सुदृढ गर्ने योजना रहेको उनले स्पष्ट पारे ।

मेलम्ची खानेपानी आयोजनाको आपूर्ति र उपत्यकाको बढ्दो मागबीच सन्तुलन मिलाउन समय लाग्ने भए पनि स्थानीयस्तरमा तत्काल पहल आवश्यक रहेको उनको धारणा छ ।

संस्कृति, सम्पदा र धार्मिक पर्यटनको संरक्षण तथा प्रवद्र्धन पनि आफ्नो एजेन्डामा रहेको उनले बताए । मनमैजु मन्दिर, तारकेश्वर, सपनतीर्थ, भुवनेश्वरीलगायत धार्मिक स्थललाई आपसमा जोडेर धार्मिक पर्यटकीय रुट विकास गर्न सकिने उनको भनाइ छ । साथै होमस्टे प्रवद्र्धन र पार्क निर्माणमार्फत क्षेत्रलाई हरित सहरका रूपमा विकास गर्ने लक्ष्य उनले अघि सारे ।

स्वास्थ्य र प्राविधिक शिक्षाको पहुँच विस्तार आवश्यक रहेको बताउँदै उनले क्षेत्र नम्बर ६ मा मेडिकल कलेज र इन्जिनियरिङ कलेज स्थापनाको पहल गर्ने बताए । कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै अर्गानिक तथा व्यावसायिक खेतीतर्फ उन्मुख हुनुपर्ने र स्थानीय उत्पादनको बजारीकरण सुदृढ गर्नुपर्ने उनले जोड दिए ।

खुला क्षेत्रको अभाव औंल्याउँदै मास्केले प्रत्येक टोलमा पार्क तथा खुला स्थानको व्यवस्था आवश्यक रहेको बताए । यस्ता स्थानले सबै उमेर समूहबीच अन्तरक्रिया बढाउनुका साथै विपद् व्यवस्थापन र जल पुनर्भरणमा समेत सहयोग पु¥याउने उनको भनाइ छ । २०७२ सालको भूकम्पको अनुभवले खुला क्षेत्रको महत्व झन् स्पष्ट पारेको उनले स्मरण गरे ।

युवालाई लक्षित गर्दै ‘लर्निङ एन्ड अर्निङ’ अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्किल डेभलपमेन्ट, सूचना प्रविधि, एआई र आउटसोर्सिङ क्षेत्रमा तालिम तथा अवसर सिर्जना गरिने बताए । नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरका आईटी काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

मास्केले ‘पुराना’ र ‘नयाँ’ दलको विभाजनभन्दा सक्षम र असक्षम प्रतिनिधि छुट्याउन मतदातालाई आग्रह गरे । आफू प्रदेश तहमा सुशासन र भ्रष्टाचारविरुद्ध उभिएको अनुभवसहित अब संघीय संसद्मा क्षेत्र नम्बर ६ को आवाज बुलन्द गर्न उम्मेदवारी दिएको बताउँदै उनले मतदातासँग समर्थनको अपिल गरेका छन् ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »