ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन् । शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले तोकिएको समयमा निर्वाचन गर्न थुप्रै चुनौतीहरु झेल्नु परेको बताउँदै यसैमा सरकारको पूर्ण ध्यान केन्द्रित गर्दा विकासको कुरामा चुकेको स्वीकार गरे । यद्यपी पर्यटन क्षेत्रको महत्वलाई कागजमा मात्र सिमित नराखी यस क्षेत्रको नीति ,कार्यक्रम र आयोजनाहरुलाई सम्बोधन गर्नु आवश्यकता औल्याए ।

‘बजेटमा पर्यटन क्षेत्रलाई उद्योगले पाए सरहको सुविधा दिइने छ भनेर उल्लेख गरिएको भए पनि अहिलेसम्म पूरा गर्न सकिएन । यो सरकारको सामु सुरुवातीदेखि नै धेरै चुनौतीहरु थिए । त्यसमध्येको सबैभन्दा ठूलो चुनौती भनेको जुन आशंका आम मानिसमा राजनीतिक वृत्तमा थियो ,कि निर्वाचन कुनै हालतमा संभव छैन । जेलबाट कैदी भागेका छन् । हात हतियार लुटिएका छन् । नव पुस्ताले पुराना सत्ताका नेताहरुलाई देख्न ,वार्ता गर्न चाहदैनन् ।

यस्तो अवस्थामा सरकारले कसरी निर्वाचन गर्न सक्छ भन्ने आशंकालाई मेटाउने चुनौती थियो । त्यसैले त्यहाँ ध्यान केन्द्रीत गर्ने क्रममा कतिपय चालु आर्थिक वर्षमा प्रतिबद्धता गरिएका पर्यटन लगायत अन्य क्षेत्रको विकासको कुरामा काम गर्न नसकिएको पक्कै हो । तर पर्यटन क्षेत्रको महत्वलाई कागजमा मात्र सिमित नराखेर नीति कार्यक्रम र आयोजनाहरुलाई सम्बोधन गर्ने हो ।’ त्यस्तै उनले वर्तमान सरकारलाई सुम्पिएको जिम्मामा भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने रहेको भन्दै उनले यसबीचमा कतिपय सुधारका कामहरु भएको धारणा राखे ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »