शिवप्रसाद भण्डारी लगायत दोलखाका नेताहरू एमालेमा नै फिर्ता

रामेछाप । नेकपा एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् । उनीसँगै तामाकोसी गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत रहेकी उनकी श्रीमती कल्पना भण्डारी तथा भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेत पनि एमालेमा फर्किएका छन् ।

उनीहरूलाई सोमबार बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो । कार्यक्रममा पार्टीका उम्मेदवार पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, जितवीर लामा, लालकुमार केसीलगायत पुराना नेताहरूको उपस्थिति रहेको थियो ।

पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए । उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्ताले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उनले भने ।

उनले आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उनले भने ।

चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा ९एकीकृत समाजवादी०मा सक्रिय थिए । पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिमा पुनः एमालेमै फर्किने निर्णय गरेको उनले बताए ।

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३

Read More »

ई–पासपोर्ट खरिद प्रकरण: बयानका लागि जर्मन कम्पनीको आधिकारिक प्रतिनिधिलाई बाेलाइयाे

काठमाडौँ : ई–पासपोर्ट खरिद प्रकरण अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिलाई बयानका लागि बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सूचना जारी गर्दै ई–पासपोर्ट

Read More »

संसदमा कांग्रेसले खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबारेको छानबिन प्रतिवेदन माग गरेको छ । प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा

Read More »

धादिङको क्रसर उद्योगमा एक कामदार मृत फेला

काठमाडौँ : धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोस्थित सृष्टि क्रसर उद्योगमा कार्यरत एक कामदार मृत अवस्थामा फेला परेको छन्। नेत्रावती डबजोङ गाउँपालिका-१ कागुने घर भई उक्त क्रसरमा

Read More »

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास

Read More »

दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

काठमाडौँ : विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान भएका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला

Read More »