ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो ।

गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकार रु ३१ लाख ७२ हजार र गाउँपालिकाबाट ३१ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ । यसबाहेक कामदारका लागि आवश्यक औजार उपकरण, सुरक्षा सामग्री खरिद तथा ढुवानी व्यवस्थापन गर्न गाउँपालिकाले थप रु १८ लाख लगानी गरेको छ ।

कार्यक्रममार्फत गाउँपालिकाका सबै छ वडामा गरी ८५ जना स्थानीय नागरिकलाई १०० दिनसम्म रोजगारी प्रदान गरिएको छ । विशेषगरी रोजगारीको अभाव झेलिरहेका विपन्न तथा श्रमिक वर्गलाई लक्षित गरी काम दिइएको संयोजक खड्काले जानकारी दिए । “स्थानीयलाई आफ्नै ठाउँमा काम गर्ने अवसर सिर्जना गर्दै विकास निर्माणलाई गति दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने ।

यसरी काम गर्नेलाई दैनिक रु ७५४ प्रदान गरिने गरेको गाउँपालिकाले जनाएको छ । हालसम्म २५ किलोमिटर नाली निर्माण, पाँच किलोमिटर सडक सोलिङ, २० किलोमिटर क्षेत्रमा झाडी फाँड्ने तथा सरसफाइ गर्ने काम सम्पन्न भएको छ ।

यसैगरी १०० मिटर सिँढीसहितको पैदलमार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवतजावतमा सहजता पुगेको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुर्याउनुका साथै श्रममा आधारित विकासको अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुगेको बताए ।

यो कार्यक्रमले गाउँमै रोजगारको अवसर सिर्जना गर्ने वातावरण बनाएको उनले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सडक पूर्वाधारलाई वर्षौंभरि सञ्चालनयोग्य बनाउने लक्ष्यसहित स्तरोन्नतिमा जोड दिइएको स्पष्ट पारे ।

“पहिले वर्षायाममा अवरुद्ध हुने सडक अहिले क्रमशः सुधार हुँदै गएका छन्”, उनले भने, “स्थानीय श्रम प्रयोग गरेर निर्माण गरिँदा लागत पनि कम भएको छ । स्थानीयमा स्वामित्व भावना पनि बढेको छ ।” गाउँपालिका अध्यक्ष किरण राईले जनसहभागितामूलक विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रममार्फत स्थानीयलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने नीति लिइएको बताए ।

“हामी विकासलाई रोजगारीसँग जोडेर अघि बढिरहेका छौँ”, अध्यक्ष राईले भने, “यसले दिगो विकासका लागि आधार तयार गरिरहेको छ ।” स्थानीयवासी ध्रुव राईले स्थानीयलाई आफ्नै ठाउँमा रोजगार बनेर केही आयआर्जन गर्ने अवसर मिलेको उनले बताए । सडक स्तरोन्नतिसँगै दैनिक आवतजावत, कृषिउपज ढुवानी र सेवा प्रवाहमा सहजता भएको उनको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमासमेत यस्ता श्रममुखी तथा जनसहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण पूर्वाधारलाई थप सुदृढ बनाउने योजना बनाएको जनाएको छ । सडक सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाइएको गाउँपालिकाको भनाइ छ ।

सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री

वासिङ्टन डीसी : अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले हालै भएको अमेरिका–इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः फलामजस्तै कडा समुद्री नाकाबन्दी लागु गर्न सक्ने चेतावनी दिएका

Read More »

कानुनमन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूत अर्बमको शिष्टाचार भेटवार्ता

काठमाडौँ : नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेटवार्ता भएको छ ।

Read More »

युद्ध –विरामका बाबजुत इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कबाट नौ जना प्यालेस्टिनी पक्राउ

काठमाडौँ : युद्ध–विराम सम्झौताका बाबजुत इजरायली सेनाले बिहिबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट नौ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुए

Read More »

मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष

Read More »

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३

Read More »

ई–पासपोर्ट खरिद प्रकरण: बयानका लागि जर्मन कम्पनीको आधिकारिक प्रतिनिधिलाई बाेलाइयाे

काठमाडौँ : ई–पासपोर्ट खरिद प्रकरण अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिलाई बयानका लागि बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सूचना जारी गर्दै ई–पासपोर्ट

Read More »