कानुनमन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूत अर्बमको शिष्टाचार भेटवार्ता

काठमाडौँ : नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहिबार सिंहदरबार स्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत अर्बमले मन्त्रीको जिम्मेवारी पाएका गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

नेपाल सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूका विषयमार्फत भ्रष्‍टाचारको उन्मूलन, शासकीय सुधार हुने कुरामा विश्‍वास गरी यसमार्फत अमेरिकी कम्पनीहरूले नेपालमा लगानी गर्न उत्साहित बनाएको उनको भनाइ थियो।

मन्त्री गौतमले अमेरिकी सरकारसँग पारस्परिक कानूनी सहायताका सन्दर्भमा मन्त्रालयबाट पूर्वगृहकार्य भइसके‍‍को हुँदा यस विषयलाई टुङ्‍गो लगाउनेतर्फ अघि बढ्‍नुपर्ने उल्लेख गरेकी थिइन् । मानव बेचविखन तथा ओसारपसार, लगानीको प्रबर्द्धन र पूर्वाधार विकासका विषयमा समयानुकूल कानून निर्माण गर्ने विषयमा पनि सार्थक छलफल भएके थियो ।

भेटका क्रममा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीनै तहका कानूनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य गरिरहेको विषयमा जानकारी दिएकी थिइन् ।

एकीकृत कानूनी सहायता र संक्रमणकालीन न्यायका विषयमा अमेरिकी सरकारसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको समेत उनले उल्लेख गरिन्।

नागढुंगा चेकपोस्टमा प्रहरीले पैसा लिएको घटना छानबिन गर्न निर्देशन दिएको छु : गृहमन्त्री

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले काठमाडौँको नागढुंगा चेकपोस्टमा प्रहरी कर्मचारीले रकम लिएको घटना छानबिन गर्न निर्देशन दिइएको बताएका छन्। बिहीबार सङ्घीय संसद्‌मा सांसदहरूले उठाएको प्रश्नको

Read More »

काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबार काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक

Read More »

सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री

वासिङ्टन डीसी : अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले हालै भएको अमेरिका–इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः फलामजस्तै कडा समुद्री नाकाबन्दी लागु गर्न सक्ने चेतावनी दिएका

Read More »

कानुनमन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूत अर्बमको शिष्टाचार भेटवार्ता

काठमाडौँ : नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेटवार्ता भएको छ ।

Read More »

युद्ध –विरामका बाबजुत इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कबाट नौ जना प्यालेस्टिनी पक्राउ

काठमाडौँ : युद्ध–विराम सम्झौताका बाबजुत इजरायली सेनाले बिहिबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट नौ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुए

Read More »

मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष

Read More »