मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा पूर्वतयारीका सम्बन्धमा शून्य मानवीय क्षतिको पक्षमा मन्त्रालय रहेकाले सोहीअनुसार कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् ।

देशका बाढीपहिरो एवं प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पहिचान गरी नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिँदै उनले भने, “एकीकृत सोचका साथ राहत उद्धारमा संलग्न निकायबीच सहयोग र सहयकार्य गरी जनधनको क्षति कम गर्नेगरी काम हुन आवश्यक छ । विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् ।”

बैठकमा गृहमन्त्री गुरुङले परम्परागत कार्यशैलीबाट माथि उठी काम गर्न निर्देशन दिँदै भने, “हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन । अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनेतर्फ सम्बद्ध सबैपक्षको ध्यान जान आवश्यक छ ।”

विगतमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरूपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले असान्दर्भिक एवं अनधिकृत पदाधिकारीले हेलिकप्टरमा भ्रमण गरेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छुट अब कसैलाई पनि नरहेको स्पष्ट गरे ।

उनले हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरूपयोग गर्ने पक्षमा आफू नरहेको स्पष्ट गर्दै राहत तथा उद्धारमा संलग्न सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने बताए ।

सो बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखसहित विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता थियो ।

नागढुंगा चेकपोस्टमा प्रहरीले पैसा लिएको घटना छानबिन गर्न निर्देशन दिएको छु : गृहमन्त्री

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले काठमाडौँको नागढुंगा चेकपोस्टमा प्रहरी कर्मचारीले रकम लिएको घटना छानबिन गर्न निर्देशन दिइएको बताएका छन्। बिहीबार सङ्घीय संसद्‌मा सांसदहरूले उठाएको प्रश्नको

Read More »

काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबार काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक

Read More »

सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री

वासिङ्टन डीसी : अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले हालै भएको अमेरिका–इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः फलामजस्तै कडा समुद्री नाकाबन्दी लागु गर्न सक्ने चेतावनी दिएका

Read More »

कानुनमन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूत अर्बमको शिष्टाचार भेटवार्ता

काठमाडौँ : नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेटवार्ता भएको छ ।

Read More »

युद्ध –विरामका बाबजुत इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कबाट नौ जना प्यालेस्टिनी पक्राउ

काठमाडौँ : युद्ध–विराम सम्झौताका बाबजुत इजरायली सेनाले बिहिबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट नौ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुए

Read More »

मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष

Read More »