काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले भनिन्- ‘बहालमा लिदिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता परिचय पत्र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ,’ उनले भनिन्, ‘करदातालाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । महानगरवासीहरूले मालपोत तथा नापी कार्यालयबाट प्राप्त गरी आएका भूमि व्यवस्थापन सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ ।’

महानगर अस्पताल निर्माणको बहुवर्षीय योजना अन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ डङ्गोलले प्रस्तुत गरेको बजेटमा भनिएको छ- ‘ज्येष्ठ नागरिक निमोनिया खोपको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । क्यान्सर जस्ता असाध्य रोगहरूको निदानको लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ रु.२ करोड रकम विनियोजन गरिएको छ ।’

निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाको लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ छुट्याइएको पनि बजेटमा उल्लेख छ ।

नागढुंगा चेकपोस्टमा प्रहरीले पैसा लिएको घटना छानबिन गर्न निर्देशन दिएको छु : गृहमन्त्री

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले काठमाडौँको नागढुंगा चेकपोस्टमा प्रहरी कर्मचारीले रकम लिएको घटना छानबिन गर्न निर्देशन दिइएको बताएका छन्। बिहीबार सङ्घीय संसद्‌मा सांसदहरूले उठाएको प्रश्नको

Read More »

काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबार काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक

Read More »

सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री

वासिङ्टन डीसी : अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले हालै भएको अमेरिका–इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः फलामजस्तै कडा समुद्री नाकाबन्दी लागु गर्न सक्ने चेतावनी दिएका

Read More »

कानुनमन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूत अर्बमको शिष्टाचार भेटवार्ता

काठमाडौँ : नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेटवार्ता भएको छ ।

Read More »

युद्ध –विरामका बाबजुत इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कबाट नौ जना प्यालेस्टिनी पक्राउ

काठमाडौँ : युद्ध–विराम सम्झौताका बाबजुत इजरायली सेनाले बिहिबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट नौ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुए

Read More »

मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष

Read More »