संसदमा कांग्रेसले खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबारेको छानबिन प्रतिवेदन माग गरेको छ । प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री शाहले संसद्‌मा ‘नेपालले भारतको जमिन मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

३ करोड नेपालीको भावनामा चोट पुगेको भन्दै उनले प्रधानमन्त्रीलाई रोष्टममा उभिएर सो विषयमा माफी माग्न वा स्पष्ट पार्न आग्रह गरे । प्रधानमन्त्री शाहको त्यो विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए ।

केरुङले गृहमन्त्री सुधन गुरुङमाथिको छानबिनका लागि गठित आयोगको प्रतिवेदन र मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘गृहमन्त्रीलाई कसरी सफाइ मिल्यो र प्रतिवेदनमा के छ भन्ने कुरा आम नागरिकले जान्न पाउनुपर्छ,’ केरुङले भने ।

केरुङले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाए । एकातिर सुशासनको नारा दिने र अर्कोतिर विपक्षी दललाई धम्क्याउने तथा संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने सरकारको कार्यशैली स्वीकार्य नहुने उनको तर्क थियो।

सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री

वासिङ्टन डीसी : अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले हालै भएको अमेरिका–इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः फलामजस्तै कडा समुद्री नाकाबन्दी लागु गर्न सक्ने चेतावनी दिएका

Read More »

कानुनमन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूत अर्बमको शिष्टाचार भेटवार्ता

काठमाडौँ : नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेटवार्ता भएको छ ।

Read More »

युद्ध –विरामका बाबजुत इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कबाट नौ जना प्यालेस्टिनी पक्राउ

काठमाडौँ : युद्ध–विराम सम्झौताका बाबजुत इजरायली सेनाले बिहिबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट नौ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुए

Read More »

मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष

Read More »

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३

Read More »

ई–पासपोर्ट खरिद प्रकरण: बयानका लागि जर्मन कम्पनीको आधिकारिक प्रतिनिधिलाई बाेलाइयाे

काठमाडौँ : ई–पासपोर्ट खरिद प्रकरण अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिलाई बयानका लागि बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सूचना जारी गर्दै ई–पासपोर्ट

Read More »