राजदूत भण्डारी र बङ्गलादेशका विदेश राज्यमन्त्रीबिच भेटवार्ता

काठमाडौँ । बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बङ्गलादेशकी नवनियुक्त विदेश राज्यमन्त्री शमा ओबेद इस्लामसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार बिहान भएको भेटमा राजदूत भण्डारीले राज्यमन्त्री इस्लामलाई उनको नयाँ नियुक्तिप्रति बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको बङ्गलादेशको नेपाली दूतावासले जनाएको छ ।

भेटका अवसरमा नेपाल र बङ्गलादेश बिचको द्विपक्षीय सम्बन्धका विविध आयामका बारेमा विस्तृत छलफल भएको थियो । विशेषगरी व्यापार, कनेक्टिभिटी (सञ्जाल विस्तार), ऊर्जा, शिक्षा र पर्यटनका क्षेत्रमा आपसी सहयोग र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबिच कुराकानी भएको बताइएको छ ।

पछिल्लो समय नेपाल र बङ्गलादेशबिच ऊर्जा व्यापार र यातायात सञ्जालमा बढ्दो चासोका बिच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटका क्रममा उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा पनि दुई देशबिचको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विचार आदान प्रदान गरेका थिए । भेटमा नेपाल र बङ्गलादेश बिचको घनिष्ठ सम्बन्धलाई थप उचाइमा पुर्याउन आगामी दिनमा उच्चस्तरीय भ्रमण र आर्थिक साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएको नेपाली दूतावासले जनाएको छ ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »