रास्वपाले कटायो समानुपातिकतर्फ २० लाख मत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २० लाख मत कटाएको छ। आइतबार दिउँसो ४:२८ बजेसम्म ४४ लाख ४३ हजार ११० मत गणना हुँदा रास्वपाले झन्डै त्यसको आधा मत पाएको छ।

उसले समानुपातिकतर्फ अहिलेसम्म २१ लाख ९४ हजार ३१ मत पाएको छ। यो भनेको हालसम्म गणना भएको मतको ४९ प्रतिशत हाराहारी हो। नेपाली कांग्रेसले हालसम्म गणना भएको १६ प्रतिशत मत पाएको छ। उसले अहिलेसम्म ७ लाख ४९ हजार १९६ मत ल्याएको छ।

नेकपा एमालेले हालसम्म गणना भएको करिब १४ प्रतिशत मत ल्याएको छ। उसको ६ लाख ३६ हजार ३६६ मत ल्याएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले ६ प्रतिशत मत ल्याएको छ। हालसम्म उसको मत २ लाख ९७ हजार ८५९ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालसम्म गणना भएकोमध्ये ३ प्रतिशत मत पाएको छ। उसले १ लाख ५९ हजार ९८४ मत ल्याएको छ। अरू दलहरूले हालसम्म दुई प्रतिशतभन्दा कम मत ल्याएका छन्। राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत अनिवार्य कटाउनुपर्नेछ।

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारबाहीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग

Read More »

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८

Read More »

युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु

किभ । युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य धेरै जना घाइते भएको बताइएको छ । आक्रमणका

Read More »

पार्टी पुनर्गठन हुन्छ, तर फुट्दैन : योगेश भट्टराई

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा

Read More »

दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु

काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको

Read More »

विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही

Read More »