जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला : बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ । त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२ मत), नेमकिपाका विर्षबहादुर रावत (४०० मत), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बिर्ख शाही (७१ मत) र नेपाल जनता पार्टीका रनील विक्रम शाही (४३ मत) लगायतका दलीय उम्मेदवारहरूले जमानत जोगाउन सकेनन् । स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलको समेत जमानत जफत भएको छ ।

उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन् । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले बताए ।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका छन् । दोस्रोमा नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले)का शान्तिलाल महतले ४ हजार ५१८ मत, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जम्मा खसेको कुल मतमध्ये १ हजार ७२४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेकोे छ । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो । जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

कर्णालीमा कांग्रेस पहिलो दल

कर्णाली प्रदेशका १० वटा जिल्लाका १२ वटा निर्वाचन क्षेत्रको अन्तिम मत परिमाण सार्वजनिक हुँदा पाँच निर्वाचन क्षेत्रमा विजयी हुँदै कर्णालीमा कांग्रेस पहिलो दल बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिमाणअनुसार कांग्रेसबाट जाजरकोटमा खड्कबहादुर बुढा, हुम्लामा जयपति रोकाया, दैलेख–१ मा वासना थापा, मुगुमा खड्क शाही र सुर्खेत–१ बाट बिष्णुबहादुर खड्का निर्वाचित भएका छन् ।

नेकपाबाट रुकुम पश्चिमा गोपाल शर्मा, सल्यानमा रमेशकुमार मल्ल, डोल्पामा धनबहादुर बुढा र कालिकोटमा महेन्द्रबहादुर शाही विजयी भएका छन् । यसैगरी राप्रपाबाट जुम्लामा ज्ञानबहादुर शाही, एमालेबाट दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल र रास्वपाबाट सुर्खेत–२ मा रमेशकुमार सापकोटा निर्वाचित भएको निर्वाचन आयोगको केन्द्रिय कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । कर्णालीमा नेकपाले ४ तथा रास्वपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एक–एक निर्वाचन क्षेत्रमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारबाहीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग

Read More »

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८

Read More »

युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु

किभ । युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य धेरै जना घाइते भएको बताइएको छ । आक्रमणका

Read More »

पार्टी पुनर्गठन हुन्छ, तर फुट्दैन : योगेश भट्टराई

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा

Read More »

दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु

काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको

Read More »

विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही

Read More »