रवि र बालेनलाई विकसित नेपाल बनाउन सफलता मिलोस् : जनार्दन

काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचन-२०८२ मा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् । आज भिडियो सन्देश जारी गर्दै उनले रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र विजयी सांसदहरूलाई बधाई दिएका हुन् ।

उनीहरूलाई ‘साँच्चिकै विकसित नेपाल’ बनाउने ऐतिहासिक कार्यभार पूरा गर्न सफलता मिलोस् भनेर शुमकामना दिएका छन् । गृह जिल्ला रुकुम पश्चिमबाट लगातार चार चुनाव जितेका शर्मा यसपटक आफ्नै पूर्वपार्टी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मासँग पराजित भएका छन् ।

उनले सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै विजयी उम्मेदवार शर्मालाई पनि बधाई दिएका छन् । गरिबी, बेरोजगारी र समृद्ध रुकुम बनाउने रुकुमेली जनताको चाहना पूरा गर्न उनले शर्मालाई सुझाव दिएका छन् ।

आफू पराजित भए पनि रुकुमेली जनताको विश्वास र मायाप्रति ऋणी भएको भन्दै उले आफू पदमा हुँदा पनि नहुँदा पनि सेवामा समर्पित हुने बताएका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका शर्माले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षाकर्मी र कर्मचारीहरूलाई पनि उनले धन्यवाद व्यक्त गरेका छन् ।

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारबाहीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग

Read More »

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८

Read More »

युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु

किभ । युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य धेरै जना घाइते भएको बताइएको छ । आक्रमणका

Read More »

पार्टी पुनर्गठन हुन्छ, तर फुट्दैन : योगेश भट्टराई

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा

Read More »

दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु

काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको

Read More »

विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही

Read More »