युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुन्छ : डा. भट्टराई

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुने विश्वास व्यक्त गरेका छन् ।

भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रलाई सम्बोधन गर्दै भट्टराईले नयाँ राजनीतिक परिवर्तनसँगै नेपाल विकासको पिँधमा नरहेर विश्वसँगै द्रुत विकासमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले नेपाल अब भारत र चीनबीच ‘च्यापिएको’ देश नरही दुई ठूला अर्थतन्त्रलाई जोड्ने जीवन्त पुल बनेको बताए।

बदलिँदो भूराजनीति र प्रविधिको विकाससँगै नेपालले आफ्नो परराष्ट्र नीतिलाई परिमार्जन गर्दै दुवै छिमेकीबाट लाभ लिनुपर्नेमा भट्टराईले जोड दिए ।

स्विडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक रेनफेल्ड र अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मौरिसनसँगै एउटै मञ्चमा आफ्ना धारणा राख्दै डा. भट्टराईले नेपालको पछिल्लो युवा जागरण र राजनीतिक विद्रोहप्रति आफू निकै गर्वित रहेको बताए।

‘नेपाल लोकतन्त्र र खुलापनको मामिलामा झन्डै सय वर्ष पछाडि परेको देश थियो। तर अहिले प्रविधि, इन्टरनेट र एआईको पहुँच हाम्रा गाउँ-गाउँसम्म पुगेको छ,’ भट्टराईले भने, ‘यससँगै उदाएको नयाँ पुस्ताले पुरानो राजनीतिक प्रणाली र पुराना नेताहरूविरुद्ध विद्रोह गर्ने हिम्मत गरेको छ। उनीहरू देशको नेतृत्व सम्हाल्न अघि सरेका छन् र म यसमा निकै गर्व गर्छु।’

भट्टराईले अब नेपाल विकासको पिँधमा नरहने र विश्वसँगै द्रुत गतिमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे।

सम्बोधनका क्रममा डा. भट्टराईले चौथो औद्योगिक क्रान्ति, कृत्रिम बौद्धिकता र प्रविधिको विकासले राजनीतिको समग्र अवधारणालाई नै बदल्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘हामीले अहिलेसम्म अभ्यास गर्दै आएको परम्परागत प्रतिनिधिमूलक लोकतन्त्रभन्दा माथि उठ्ने बेला आएको छ। अब हामीले अनुगमनमुखी, समावेशी र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्नुपर्छ।’

उनले उदारवादी, समाजवादी वा रुढीवादी लोकतन्त्रका परम्परागत भाष्यहरू एक्काइसौँ शताब्दीका चुनौतीहरू समाधान गर्न अपर्याप्त रहेको दाबी गरे।

भारतले पछिल्ला दशकहरूमा प्रविधि र विकासमा मारेको फड्कोको प्रशंसा गर्दै भट्टराईले दक्षिण एशियाको गरिबी निवारण र समग्र क्षेत्रको रूपान्तरणका लागि नेतृत्व लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरे।

भारतका प्रधानमन्त्री मोदीले अघि सारेको ‘वसुधैव कुटुम्बकम्’ को मान्यतालाई उद्धृत गर्दै भट्टराईले भने, ‘प्रविधि र सूचनाको प्रवाहले विश्वलाई निकै साँघुरो बनाएको छ। यो समय राष्ट्र-राज्यको साँघुरो घेराभन्दा माथि उठेर विश्व राजनीति र अर्थतन्त्रलाई विश्वव्यापी स्तरमा पुनर्संरचना गर्ने समय हो। यसमा भारतले नेतृत्व लिनुपर्छ।’

उक्त सत्रमा विश्वको बदलिँदो शक्ति सन्तुलन, इन्डो-प्यासिफिक क्षेत्रको महत्त्व र प्रविधिले ल्याएको अवसर तथा चुनौतीका विषयमा तीनै जना पूर्वप्रधानमन्त्रीहरूले मन्थन गरेका थिए।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »