रुसी तेल किन्न अमेरिकाले दियो सीमित अनुमति

वासिङ्टन डीसी । अमेरिकी प्रशासनले केही देशलाई रुसबाट सीमित मात्रामातेल खरिद गर्न अस्थायी अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले बिहीबार यस्तो नयाँ लाइसेन्स जारी गरेको हो । अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टका अनुसार विश्व बजारमा तेल आपूर्ति बढाउने उद्देश्यले समुद्रमा अड्किएका रुसी तेल ढुवानीलाई बिक्री गर्न अस्थायी अनुमति दिइएको हो ।

यो छोटो अवधिको र सीमित अनुमति मात्र भएको उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । रुसको ऊर्जा राजस्वको मुख्य हिस्सा तेल निकाल्ने क्रममा लगाइने करबाट आउने भएकोले यसले रुस सरकारलाई ठुलो आर्थिक फाइदा नपुग्ने उनको भनाइ छ ।

अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको लाइसेन्स अनुसार मार्च १२ सम्म जहाजमा लोड भइसकेको रुसी कच्चा तेल वा पेट्रोलियम पदार्थ मात्र यो नियम अन्तर्गत पर्नेछ । ती तेल अप्रिल ११ सम्म बिक्री वा आपूर्ति गर्न अनुमति दिइएको छ ।

यसैबिच इरानसँगको युद्धका कारण विश्व ऊर्जा बजारमा दबाब बढेको छ । पश्चिम एसियास्थित स्ट्रेट अफ होर्मुज बन्द जस्तै भएपछि यो मार्ग भएर ढुवानी हुने विश्वको करिब २० प्रतिशत तेल आवतजावत प्रभावित भएको छ ।

युद्ध लम्बिँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट क्रूड तेलको मूल्य हालैका दिनमा १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ । युद्ध छिट्टै सकिए पनि स्ट्रेट अफ होर्मुजको मार्ग तत्काल खुल्ने सम्भावना कम रहेको चेतावनी विश्लेषकहरूले दिएका छन् ।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »