प्रतिबन्धित लागूऔषधसहित फार्मेसी सञ्चालिका र २ जना भारतीय पक्राउ

विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध र गाँजासहित एक फार्मेसी सञ्चालिका र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिव महिमा मेडिकल हल फार्मेसीबाट ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी चौधरीले सटर भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त फार्मेसीमा प्रतिबन्धित लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले खानतलासी गर्दा फार्मेसीमा लुकाई छिपाइ राखिएको ट्राम डोल र स्पास्पेन गरी जम्मा दुई हजार ९३० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मोरङको विराटनगर–३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वीकुमार सिंह र कृष्णकुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »