नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा : प्राडा ज्ञवाली

काठमाडौँ, २ चैत । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवालीले नयाँ सरकार गठनसँगै आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास जनतामा देखिएको बताउनुभएको छ । हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि झण्डै दुई तिहाई बहुमतको सरकार गठन हुने र त्यसले राजनीतिक स्थिरता कायम भई आर्थिक नीतिमा स्थायीत्व आउने अपेक्षा गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । रासससँग आज कुरा गर्दै उहाँले सरकारले आर्थिक नीतिमा स्थायित्व कायम गर्नु, जेनजी आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणलाई प्राथमिकता दिनु र निजी क्षेत्रको लगानी वातावरण सुधार गर्नु आवश्यक रहेकामा जोड दिनुभयो ।

“सरकार परिवर्तनसँगै आर्थिक नीतिमा बारम्बार परिवर्तन गर्दा व्यावसायिक क्षेत्र र लगानीकर्तामा अनिश्चितता सिर्जना हुन्छ । एक वर्ष एउटा नीति र अर्को वर्ष अर्को नीति परिवर्तन गर्ने प्रवृत्तिले व्यावसायिक अपेक्षामा प्रतिकूल प्रभाव पाछर्,” प्राडा ज्ञवालीले भन्नुभयो, “अब नयाँ सरकार आफ्नो कार्यकालसम्म रहने जनताले अपेक्षा गरेका छन् । त्यस्तो सरकारबाट आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास गर्न सकिन्छ । नयाँ सरकारले पाँच वर्षसम्म आर्थिक नीतिमा स्पष्टता र स्थायित्वको प्रत्याभूति दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिलाई पुनर्निर्माणमार्फत समाधान गर्ने हो भने त्यसले मुलुकमा लगानीको वातावरण विस्तार गर्न सहयोग पु¥याउँछ । “पुनर्निर्माणमा लगानी बढ्दा आर्थिक गतिविधि चलायमान हुन्छ,” उहाँले भन्नुभयो । विसं २०७२ को विनाशकारी भूकम्पपछिको अनुभव स्मरण गर्दै प्राडा ज्ञवालीले पुनर्निर्माणका कारण त्यसपछिका वर्षहरूमा आर्थिक वृद्धि अपेक्षाकृत तीब्र भएको उदाहरण दिनुभयो । पछिल्लो समय मुलुकमा सरकारी लगानीको अनुपात केही सुधार हुँदै गएको भए पनि निजी क्षेत्रको लगानी भने अझै अपेक्षाअनुसार बढ्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

प्राडा ज्ञवालीले जेनजी आन्दोलनका क्रममा उद्योग–व्यवसायीका क्षेत्रमा भएको क्षति र परेको असरले लगानीकर्ताको मनोबल कमजोर भएको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नेगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नयाँ नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । “अहिले निजी क्षेत्रलाई सबैभन्दा आवश्यक कुरा भनेको विश्वास र स्थिर वातावरण हो,” उहाँले भन्नुभयो, “सरकारले लगानीकर्तालाई स्पष्ट रूपमा आश्वस्त पार्नुपर्छ कि आर्थिक स्थायित्व कायम गरिन्छ र आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराईन्छ ।”

सरकारले नीतिगत स्थायित्व र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन र रोजगारी सिर्जनामा सक्रिय भूमिका खेल्नुपर्ने उहाँको सुभाव छ । दुबै पक्षको सहकार्यबाट मात्रै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने उहाँको धारणा छ । प्राडा ज्ञवालीले नयाँ सरकारले नीतिगत स्थायित्व, पुनर्निर्माण र निजी क्षेत्रको लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राखे मुलुकको आर्थिक वृद्धि र समृद्धिको मार्ग बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »