इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’ पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्। बुधबार राति इजरायलले इरानको ग्यास क्षेत्रमा गरेको आक्रमणको प्रतिशोध स्वरूप इरानले कतारको औद्योगिक क्षेत्रमा प्रहार गरेपछि ट्रम्पको यस्तो कडा प्रतिक्रिया दिएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक लामो सन्देश लेख्दै ट्रम्पले इजरायलले गरेको उक्त आक्रमणबारे अमेरिकालाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् । इरानले कतारको ‘रास लाफान’ क्षेत्रमा गरेको आक्रमणलाई ‘अन्यायपूर्ण’ संज्ञा दिँदै उनले आगामी दिनमा कतारमाथि पुनः आक्रमण भए गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन् । ‘रास लाफान’ विश्वकै ठुलो तरल प्राकृतिक ग्यास प्रशोधन केन्द्र भएको औद्योगिक क्षेत्र हो ।

‘मध्यपूर्वमा विकसित घटनाक्रमको आक्रोशमा इजरायलले हिंस्रक रूपमा जवाफ फर्काएको हो’, ट्रम्पले लेखेका छन्, ‘यस विशेष आक्रमणका बारेमा संयुक्त राज्य अमेरिकालाई केही थाहा थिएन र कतार पनि कुनै पनि रूपमा यसमा संलग्न थिएन, न त उसलाई यसबारे कुनै जानकारी नै थियो ।’

इरानले सत्यतथ्य नबुझी कतारमाथि प्रतिशोधात्मक आक्रमण गरेको ट्रम्पको दाबी छ । उनले क्यापिटल लेटरमा लेख्दै इरानले कुनै निर्दोष राष्ट्रमाथि पुनः आक्रमण नगरेसम्म इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा फेरि आक्रमण नगर्ने बताएका छन् ।

इरानले कतारमाथि फेरि प्रहार गरेमा अमेरिकाले इरानको ग्यास क्षेत्रलाई इरानले कहिल्यै नदेखेको वा अनुभव नगरेको शक्ति र सामर्थ्यका साथ ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »