आशिकाको निर्देशनविरुद्ध धादिङका स्थानीय तह एकजुट

काठमाडौं । धादिङ–२ बाट निर्वाचित सांसद आशिका तामाङले सवारीसाधनमा लगाइँदै आएको कर हटाउन दिएको निर्देशनप्रति धादिङका सबै १३ स्थानीय तहले आपत्ति जनाएका छन् । जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुखहरूको संयुक्त बैठकले उक्त निर्देशनलाई स्थानीय तहको संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको निष्कर्ष निकालेको हो। साथै, यस विषयमा कडा प्रतिक्रिया जनाउने चेतावनीसमेत दिइएको छ।

नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले संविधान २०७२ ले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सम्बन्ध रहने व्यवस्था गरेको उल्लेख गर्दै स्थानीय तहको अधिकार सुनिश्चित गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको हो। विशेषगरी, संविधानको अनुसूची ८ अनुसार स्थानीय तहलाई प्रदान गरिएको एकल अधिकारको प्रयोगमा कुनै अवरोध हुन नहुनेमा जोड दिइएको छ।

संयुक्त विज्ञप्तिमा सांसद तामाङले दिएको निर्देशन र जिल्ला प्रशासन कार्यालयमार्फत चैत ३ गते पठाइएको पत्रलाई स्थानीय सरकारको अधिकार सीमित गर्ने प्रयासका रूपमा व्याख्या गरिएको छ। जनप्रतिनिधिहरूले प्रशासनिक हस्तक्षेपमार्फत स्थानीय तहलाई नियन्त्रण गर्ने प्रवृत्ति उचित नभएको बताएका छन्।

उनीहरूले संघीयताको भावना अनुरूप तीनै तहका सरकारबीच आपसी सम्मान, विश्वास र सहकार्य कायम गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, समन्वय र सहअस्तित्वलाई अझ मजबुत बनाउँदै अघि बढ्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

यसअघि सांसद तामाङले स्थानीय तहले उठाउँदै आएको सवारी कर हटाउनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेकी थिइन्। ढुवानीका लागि सडक प्रयोग गरेको आधारमा शुल्क लिन उचित नभएको उनको भनाइ थियो। मलेखुबाट ताल्तीसम्म चल्ने सवारीसाधनबाट कुनै शुल्क नलिन समेत उनले आग्रह गरेकी थिइन् र नियमविपरीत शुल्क उठाए कारबाही गर्ने चेतावनीसमेत दिएकी थिइन्।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »