इजरायलले अब इरानी ऊर्जा संरचनामाथि आक्रमण नगर्ने

तेल अभिभ । इजरायली  प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानका महत्त्वपूर्ण ऊर्जा संरचनामाथि थप आक्रमण नगर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलन बोल्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यका आक्रमण रोक्न अनुरोध गरेको भन्दै आफूहरूले त्यसको पालना गर्ने उनले स्पष्ट बताएका हुन् ।

नेतन्याहूको यो भनाइ इजरायलले इरानसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण जारी राखिरहेका बेला आएको हो । नेतन्याहूले इजरायलले हालै इरानको दक्षिण पार्स ग्यास क्षेत्रसँग सम्बन्धित एक प्रशोधन केन्द्रमा इजरायल एक्लैले आक्रमण गरेको पनि पुष्टि गरे । उक्त क्षेत्र विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास भण्डारमध्ये एक मानिन्छ । यो आक्रमणलाई युद्धको अरू तीव्र पार्ने क्षणका रूपमा हेरिएको छ । 

यसअघि इजरायलले इरानका इन्धन भण्डारण स्थलहरूमा मात्र आक्रमण गरेको थियो, उत्पादन केन्द्रमा प्रत्यक्ष प्रहार गरेको थिएन । यस आक्रमणको प्रत्युत्तरमा इरानले पर्सियन खाडी क्षेत्रका छिमेकी देशहरूका ऊर्जा संरचनामा हमला गरेको थियो । विशेषगरी कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा ठुलो क्षति पुगेको कतारी पक्षले जनाएको छ । यस घटनापछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्य तीव्र रूपमा बढेको छ, र विश्लेषकहरूले दीर्घकालीन ग्यास अभावको जोखिमसमेत औँल्याएका छन् ।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »