केपी ओली र रमेश लेखकको गिरफ्तारी स्वेच्छाचारी र अधिनायकवादी : चित्रबहादुर केसी

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई स्वेच्छाचारी र अधिनायकवादी कदम भन्दै विरोध जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले आज एक प्रेस वक्तव्य जारी गर्दै सरकारको यो कार्यले देशलाई फासिवादतर्फ धकेल्ने खतरा रहेको औंल्याएका छन् ।
वक्तव्यमा भदौ २३ गतेको हत्याकाण्डका दोषीहरूमाथि कारबाही हुनुपर्ने कुरामा पार्टी स्पष्ट रहे पनि जुनसुकै कारबाही कानुनको प्रक्रिया पुर्याएर निष्पक्ष र न्यायोचित हुनुपर्ने उल्लेख गरिएको छ ।

‘ओलीसहितलाई गरिएको गिरफ्तारी कानुनको प्रक्रिया पूरा गरेर गरिएको देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वेच्छाचारी प्रकारले गिरफ्तार गर्ने तरिकाको हामी कडा शब्दमा विरोध गर्दछौँ ।’
अध्यक्ष केसीले भदौ २३ गतेको गोलीकाण्ड, शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन उक्साउने तत्वहरू र भदौ २४ गते भएको तोडफोड तथा आगलागीका घटनाहरूको उच्चस्तरीय छानबिन गर्न माग गरेका छन् ।
राष्ट्रिय जनमोर्चाले यी घटनाहरूको सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा एउटा उच्चस्तरीय निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि

Read More »

नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिबीच छलफल

काठमाडौं । नेपाल–भारत सीमापार रेलवे लिकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूतावासका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा

Read More »

जंगली जनावरको आतंकले किसान आक्रोशित छन्, सरकार उदासीन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण कृषिबालीमा भइरहेको क्षतिबाट किसानलाई जोगाउन ठोस राष्ट्रिय नीति आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल

Read More »

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व

Read More »