४८ अंकको वृद्धिपछि साढे २८ सय विन्दुमा सेयरबजार

काठमाडौँ ।  सेयरबजारमा बिहीबार पनि ४८.७१ अंकको वृद्धि देखिएको छ। नेप्से उक्त अंकले बढेर २८५१.२४ विन्दुमा उक्लिएको हो। योसँगै बजारमा झण्डै १० अर्बको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार २ करोड ७९ लाख कित्ता सेयर किनबेचपछि ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको हो। यस दिन कुल २५१ वटा सेयरको मूल्य बढ्दा १६ वटा घटेको र एउटा अघिल्लो मूल्यमै कारोबार भएको छ।

बिहीबार ६ वटा सेयरमा सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिजलाइन इनर्जी, सोलु हाइड्रो, होटल फरेस्ट इन १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः ५५७.१३, ३८९.९०, ९८.५०, ७०.७०, ६८.४० र ६१.९० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक सुपर खुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर पनि ९.९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।

तर एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनलगायत भने २ देखि ६.७४ प्रतिशतसम्मले ओरालो लागेका छन्। नेप्सेले बिहीबार सबैभन्दा बढी नेशनल हाइड्रोको कारोबार भएको जनाएको छ। कम्पनीको ४३ करोड, रिडी पावर ४१ करोड, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र एसवाई प्यानलको ३४ करोडको कारोबार भएको छ। आज पनि सबै समूह बढेका छन्।

पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान

काठमाडौं : हर्कराज राई (साम्पाङ) को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङको

Read More »

पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान

काठमाडौं । हर्कराज राई (साम्पाङ)को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य समेत रहेका

Read More »

१ हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले इन्धनको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । शनिबार पत्रकार सम्मेलन

Read More »

सर्वोच्चको निर्णयले कांग्रेसलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । शनिबार सामाजिक

Read More »

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताएका छन् । इजरायल र लेबनानबिचको

Read More »

सर्लाहीमा एक महिनामा १३२ अपराध दर्ता, ९६ जना पक्राउ

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८२–०८३ को चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेख्य गतिविधि

Read More »