६ सय लिटर अवैध घरेलु मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

मलंगवा । सर्लाहीमा सशस्त्र प्रहरीले अवैध मदिरा र भन्सार छलीविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको अपरेसनमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ भने केही दिनअघि भन्सार छलीका सामानसहित एक अटो नियन्त्रणमा लिइएको थियो ।

कविलासी नगरपालिका–८ अगर्वा चेकपोइन्टमा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हे.क्वा. सर्लाहीबाट सशस्त्र प्रहरी हवल्दार भक्तबहादुर धामीको कमाण्डमा खटिएको टोलीले नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको म्याजिक गाडी चेकजाँच गर्ने क्रममा अन्दाजी ६ हजार रुपैयाँ बराबरको ६०० लिटर घरेलु मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो । बरामद गरिएको मदिरा गणमा ल्याई सुरक्षित राखिएकोमा सोही दिन अपराह्न ३ः५० बजे स्थानीय जनप्रतिनिधि, भद्रभलादमी तथा नेपाल प्रहरीको रोहबरमा गण परिसरभित्र खाडल खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच, केही दिनअघि चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवा र बिओपी सखुअवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भन्सार छलीका सामानसहित एक अटो नियन्त्रणमा लिएको थियो । सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा १० जना तथा सप्रनानी पुष्कर रिमालको कमान्डमा ७ जनाको मोबाइल गस्ती टोलीले ज १ ह ४४५१ नम्बरको अटो जाँच गर्दा बिलविजक तथा भन्सार प्रज्ञापन पत्रविहीन किराना सामान बरामद गरेको हो ।

अटोमा सवार ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी अन्दाजी ३० वर्षीय बवी महतोलाई समेत नियन्त्रणमा लिइएको थियो । सुरक्षा स्रोतका अनुसार महतो लामो समयदेखि सखुअवा र पर्सा नाकाबाट विभिन्न सामान भन्सार छली गरी नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको बताइएको छ।

सामान नियन्त्रणमा लिएपछि उनले सुरक्षाकर्मीलाई गृह मन्त्रालयसम्म पहुँच प्रयोग गरी सरुवा गराइदिने धम्की दिने, भिडियो बनाएर फसाइदिने तथा जागिर खाइदिने चेतावनी दिएको एक सुरक्षाकर्मीले बताएका थिए । सार्वजनिक स्थलमै दुर्व्यवहार गर्ने गरेको आरोप समेत उनीमाथि लगाइएको छ ।

नियन्त्रणमा लिइएको अटो तथा सामान आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको थियो । भन्सार कार्यालयका अनुसार अटोको मूल्य ३ लाख ५० हजार रुपैयाँ र किराना सामानको मूल्य १ लाख २७ हजार १२५ रुपैयाँ गरी कुल ४ लाख ७७ हजार १२५ रुपैयाँ बराबरको सामान दाखिला गरिएको थियो ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी, अवैध मदिरा उत्पादन तथा ओसारपसार नियन्त्रणका लागि चेकजाँच, निगरानी तथा मोबाइल गस्तीलाई थप कडा बनाउँदै लगेको जनाएको छ ।

रविले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु

Read More »

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

रौतहट : गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन

Read More »

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »