आजदेखि बढ्यो अण्डाको मूल्य

चितवन : अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक सङ्घले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।

बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट रु ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु १५ ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु ४१५ कायम गरिएको छ । यसअघि यो अण्डा रु ४०० मा बिक्री हुँदै आएको थियो । गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो ।

मझौलाको रेट रु ५५० थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ । नयाँ वर्षको पूर्वसन्ध्यादेखिनै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अण्डाको माग बढेको छ । सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आउने क्रम घटेको छ ।

यिनै कारणले अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढेको हो । यद्यपि लागत मूल्यमा पुग्न सकेको छैन । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा रु १९ दशमलव १२ पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट रु ५७४ पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका छन् ।

मूल्य बढ्ने आशमा किसान रहेका छन् । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ । अध्यक्ष पोखरेलले अब अण्डाको मूल्य बढ्ेर लागत मूल्यसम्म पुग्ने अपेक्षा गरिएको बताए ।

पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान

काठमाडौं : हर्कराज राई (साम्पाङ) को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङको

Read More »

पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान

काठमाडौं । हर्कराज राई (साम्पाङ)को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य समेत रहेका

Read More »

१ हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले इन्धनको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । शनिबार पत्रकार सम्मेलन

Read More »

सर्वोच्चको निर्णयले कांग्रेसलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । शनिबार सामाजिक

Read More »

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताएका छन् । इजरायल र लेबनानबिचको

Read More »

सर्लाहीमा एक महिनामा १३२ अपराध दर्ता, ९६ जना पक्राउ

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८२–०८३ को चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेख्य गतिविधि

Read More »