नेपाली दूतावासबाट ५० करोड राजस्व सङ्कलन

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले एक वर्षमा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवामा उल्लेख्य प्रगति गरेको छ ।

सोमबार पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूसँगको भेटघाट, छलफल तथा अन्तरक्रियामा दूतावासले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै दूतावास स्थापनाको एक वर्षको अवधिमा ३५ हजार बढीको सङ्ख्यामा राहदानीलगायत कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरेको जनाएको हो ।

दूतावासले सार्वजनिक गरेको प्रतिवेदनअनुसार राहदानी (इ–पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, शैक्षिक तथा पारिवारिक कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा र यात्रा अनुमतिपत्रलगायत सेवा गरी कुल ३५ हजार ७८९ सेवा प्रवाह गरिएको छ । जसमा दूतावासले सबैभन्दा बढी प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरेको छ । प्रतिवेदनअनुसार २३ हजार ७८९ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरिएको छ ।

एक वर्षको अवधिमा दूतावासले पाँच हजार ७९६ जना नेपालीलाई राहदानी (इ–पासपोर्ट) सम्बन्धी सेवा प्रदान गरेको छ भने १०९ जनाको यात्रा अनुमतिपत्र जारी गरिएको दूतावासले जनाएको छ ।

यस्तै, पाँच हजार ६५५ वटा शैक्षिक प्रमाणपत्र, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण गरिएको छ । प्रतिवेदनअनुसार ४१४ वटा अधिकृत वारेसनामा र २६ वटा शव फिर्तीसम्बन्धी सेवाप्रवाह गरिएको दूतावासले जनाएको छ ।

दूतावासले एक वर्षको अवधिमा २९ लाख ९० हजार युरो अर्थात् करिब ५० करोड नेपाली रूपैयाँ राजस्व सङ्कलन गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए ।

दूतावासले प्रवाह गरेका सेवाहरूले पोर्चुगलवासी नेपाली समुदायलाई प्रत्यक्ष रूपमा सहजता प्रदान गरेको उल्लेख गर्दै राजदूत पौडेलले राहदानी, कागजात प्रमाणीकरणलगायत नियमित सेवाका साथै समस्या समाधानमा दूतावास निरन्तर सक्रिय रहेको बताए ।

दूतावासले प्रवर्द्धनात्मक कार्यहरू, नेपाली समुदायसँग सम्बन्धित कार्य, आर्थिक कूटनीतिसम्बन्धी पहल, पोर्चुगिज सरकारका विभिन्न निकायसँग सम्बन्ध तथा समन्वय, दुईपक्षीय सम्बन्ध विस्तार तथा दुई देशबीचका उच्चस्तरीय भ्रमणसम्बन्धी गतिविधिलगायत कूटनीतिक कार्य प्राथमिकताका आधारमा गरिरहेको जनाएको छ ।

सो अवसरमा दूतावासले एक वर्षमा गरेका कार्यहरू, दूतावासबाट प्रवाह हुने सेवाहरू, कूटनीतिक गतिविधिहरू तथा आगामी कार्ययोजनालगायत विषयमा जानकारी गराएको थियो । कार्यक्रममा राजदूत पौडेलसहित दूतावासका अन्य कर्मचारी तथा पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूको सहभागिता रहेको थियो ।

गत २०२५ मार्च ३१ मा लिस्बनमा दूतावास स्थापना भएको थियोे भने २०२५ अप्रिल १६ बाट दूतावासले सेवा दिन सुरु गरेको थियोे । पोर्चुगलमा नेपालीको यकीन तथ्याङ्क नभए पनि ६० हजारभन्दा बढीको सङ्ख्यामा नेपालीहरू रहेको दूतावासको अनुमान छ । 

पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान

काठमाडौं : हर्कराज राई (साम्पाङ) को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङको

Read More »

पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान

काठमाडौं । हर्कराज राई (साम्पाङ)को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य समेत रहेका

Read More »

१ हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले इन्धनको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । शनिबार पत्रकार सम्मेलन

Read More »

सर्वोच्चको निर्णयले कांग्रेसलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । शनिबार सामाजिक

Read More »

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताएका छन् । इजरायल र लेबनानबिचको

Read More »

सर्लाहीमा एक महिनामा १३२ अपराध दर्ता, ९६ जना पक्राउ

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८२–०८३ को चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेख्य गतिविधि

Read More »