नयाँ कारोबार प्रणालीलाई सेयर बजारले रुचाएन, दोस्रो दिन १७.९१ अंकले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ कारोबार प्रणाली कार्यान्वयनमा आएसँगै लगानीकर्ताहरूमा उत्साहभन्दा बढी अन्योलता देखिएको छ। नयाँ प्रणालीबीच बजारले सकारात्मक रूपमा लिन नसकेको हो । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकमा गिरावट आएको छ।

मंगलबार नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन पनि बजार १३ अंकले घटेको थियो । आज दिनभर कुल ३४७ कम्पनीका ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आज २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ४८ कम्पनीको मूल्य बढेको छ। ६ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन।

बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेख्य नाफा कमाएका छन्। सूर्यकुण्ड हाइड्रोपावर र पाल्पा सिमेन्टको सेयर मूल्यमा १५ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। यस्तै, शिखर पावर डेभपलमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि झन्डै १५ प्रतिशतले नै बढेको छ। एशियन हाइड्रोपावरको सेयरमूल्य पनि १० प्रतिशत भन्दा धेरैले बढेको छ ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यसको ३७ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। घट्दो बजारमा आज होटल तथा टुरिजम क्षेत्र मात्रै १.१६ प्रतिशतले बढेको छ । घटेका सूचकमध्ये अन्य समूहमा १.२७ प्रतिशत गिरावट नै सबैभन्दा धेरै घटेको छ ।

अन्तरजातीय प्रेमविवाह गरेका श्रीकृष्णको प्रहरी हिरासतमा मृत्यु

हेटौँडा : सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकले गत चैत्र २८ गते खोटाङकी १७ वर्षीया किशोरीसँग प्रेमविवाह गरे। आफ्नी छोरी हराएपछि ती किशोरीका

Read More »

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

तनहुँ । विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम ४३ प्रतिशत सकिएको छ । वि.सं. २०८१ जेठदेखि सुरु भएको

Read More »

नयाँ कारोबार प्रणालीलाई सेयर बजारले रुचाएन, दोस्रो दिन १७.९१ अंकले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ कारोबार प्रणाली कार्यान्वयनमा आएसँगै लगानीकर्ताहरूमा उत्साहभन्दा बढी अन्योलता देखिएको छ। नयाँ प्रणालीबीच बजारले सकारात्मक रूपमा लिन नसकेको

Read More »

सभापति लामिछाने भेट्न गृहमन्त्री गुरुङ बूढानीलकण्ठमा

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा

Read More »

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मंगलबार दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री

Read More »

रास्वपाले खटायो समानुपातिक सांसदलाई पराजित क्षेत्रमा

काठमाडौँ : सत्तारुढ दल रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनाव हार व्यहोरेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदलाई खटाएको छ । गत फागुन २१ मा

Read More »