नेपालका लागि भारतको ठूलो सहयोग, ५० हजार टन रासायनिक मल आपूर्ति हुने

काठमाडौं । विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको चुनौती र रासायनिक मलको अभावका बीच भारतले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ। नेपाल सरकारको विशेष आग्रहमा सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल सहुलियत दरमा उपलब्ध गराउन लागिएको हो।

कृषि सामग्री कम्पनी लिमिटेडका अध्यक्ष तथा कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को गत वैशाख ११ गतेको बैठकले भारतबाट ६० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी खरिद गर्न नीतिगत स्वीकृति दिएको थियो।

सोही निर्णयअनुसार नेपाल र भारतबीच भएको जीटूजी समझदारीपत्रका आधारमा नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेड (आरसीएफ) बीच खरिद प्रक्रिया अघि बढाइएको हो। कृषि सामग्री कम्पनीले आवश्यक परिमाण र मूल्य प्रस्ताव माग गर्दै आरसीएफलाई ‘पर्चेज एक्विजिसन’ पठाएपछि भारतीय कम्पनीले आन्तरिक टेन्डर प्रक्रिया पूरा गरी मूल्य प्रस्ताव नेपाललाई उपलब्ध गराएको थियो।

प्राप्त प्रस्तावमाथि दुवै देशका अधिकारीहरू सम्मिलित संयुक्त स्टेयरिङ कमिटी (जेएससी) को भर्चुअल बैठक बसेको थियो। उक्त बैठकले नेपालको वित्तीय अवस्था र उपलब्ध स्रोतलाई ध्यानमा राख्दै पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी खरिद गर्ने निर्णय अनुमोदन गरेको थियो।

जेएससीबाट मूल्य र परिमाण स्वीकृत भएसँगै कृषि सामग्री कम्पनीले आरसीएफलाई औपचारिक ‘पर्चेज अर्डर’ तथा कार्यादेश पठाइसकेको छ। हाल भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको डा. श्रेष्ठले जानकारी दिए।

सम्झौताअनुसार पर्चेज अर्डर प्राप्त भएको १२० दिनभित्र मल आपूर्ति गर्नुपर्ने व्यवस्था भए पनि नेपालले कृषि कार्यको चापलाई ध्यानमा राख्दै यथाशीघ्र आपूर्तिका लागि भारतीय पक्षसँग आग्रह गरेको छ। भारतीय पक्षले पनि आफ्ना आपूर्तिकर्तासँग समन्वय गरी सकेसम्म छिटो मल नेपाल पठाउने प्रतिबद्धता जनाएको छ।

यसैबीच मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म ३ लाख २९ हजार ६ सय ८९ मेट्रिक टन युरिया आपूर्ति भएको छ, जसमध्ये २ लाख ७५ हजार ९ सय ९३ मेट्रिक टन बिक्री भइसकेको छ। हाल सरकारी गोदाममा ८० हजार ९ सय मेट्रिक टन युरिया मौज्दात रहेको छ।

डीएपीतर्फ २ लाख ८ सय ३२ मेट्रिक टन आपूर्ति भएकोमा १ लाख ७४ हजार मेट्रिक टन बिक्री भइसकेको छ भने हाल ४० हजार ७ सय ६० मेट्रिक टन डीएपी मौज्दात रहेको मन्त्रालयले जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ मा ६ लाख मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने लक्ष्य राख्दै २८ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। हालसम्म ४ लाख ९१ हजार ३ सय मेट्रिक टन मल खरिदका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ।

संसदीय खेलका खेलाडी सांसदहरु हुन्, सभामुख होइन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव

Read More »

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र  शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ । सिंहदरबारस्थित

Read More »

युएईका राजदूत र परराष्ट्र सचिवबिच भेटवार्ता

नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत एच.ई. अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीले परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेट गरेका छन्। बिहीबार

Read More »

नेपालका लागि भारतको ठूलो सहयोग, ५० हजार टन रासायनिक मल आपूर्ति हुने

काठमाडौं । विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको चुनौती र रासायनिक मलको अभावका बीच भारतले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ। नेपाल

Read More »

आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ : विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा उठेका प्रश्न र चौतर्फी आलोचनाको सामना गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान बजेटको वैचारिक धरातल, कर नीति र आफ्नो निष्ठाको

Read More »

सक्षम राज्य र गतिशील निजी क्षेत्रबिचको सहकार्यमा आधारित भएर बजेट आएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कोभिडपछि मुलुकको अर्थतन्त्र लयमा आउन नसकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो

Read More »