मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।

निरन्तरको वर्षा, कमजोर भूबनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेपछि पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिने यो राजमार्ग अवरुद्ध भएको हो ।

सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा (तराई)सँग जोड्ने मुख्य मार्ग बिहीबार बिहानबाट विच्छेद भएको छ ।

राजमार्ग ठप्प हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

तराईबाट पहाडतर्फ आउँदै गरेका गाडीहरू माइखोला बजार क्षेत्रमा र पहाडबाट झापातर्फ जाँदै गरेका गाडीहरू गोलाखर्क भञ्याङ क्षेत्रमै रोकिँदा यात्रुहरू हिँडेरै जोखिमपूर्ण बाटो पार गर्न बाध्य छन् ।

राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा ठूलो मारमा बिरामी परेका छन् । पहाडी जिल्लाहरूमा सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर रेफर गरिएका बिरामीहरूलाई हिलो र जोखिमपूर्ण सडकमा स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता छ ।

यसका साथै इलाम र पाँचथरका कृषकहरूले उत्पादन गरेको दूध तथा तरकारी जस्ता कुहिने सामानहरू बजारसम्म पुर्‍याउन नपाउँदा लाखौँको आर्थिक क्षति व्यहोर्नुपरेको स्थानीय व्यवसायीहरू बताउँछन् ।

यता सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले अवरोध हटाउन स्काभेटर तथा आवश्यक जनशक्ति परिचालन गरे पनि वर्षा नरोकिएकाले काममा अवरोध पुगेको छ ।

सडक डिभिजनका अनुसार सडकको धेरै भाग खोलातर्फ खसेकाले केवल पहिरो पन्छाएर मात्र तत्काल सडक सुचारु गर्न सम्भव छैन । खोलाको बगरबाटै ठूलो ग्याबियन पर्खाल उठाएर काम सम्पन्न भएपछि मात्रै दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न सकिने अवस्था छ ।

मुख्य राजमार्ग ठप्प भएपछि वैकल्पिक सडक प्रयोग गर्न खोजिए पनि यात्रु र चालकहरूले थप सास्ती भोग्नुपरेको छ ।

मुख्य सडक अवरुद्ध भएपछि सवारी साधनहरूले बेलासे–इलाम वैकल्पिक सडक प्रयोग गर्न खोजेका छन्, तर मेची करीडोर सडकअन्तर्गत पुवाखोलामा पुल नहुँदा साना, ठूला तथा मालवाहक सवारी साधनहरू वारपार गर्न सकेका छैनन् । बाढी र हिलोका कारण वैकल्पिक मार्ग पनि भरपर्दो नहुँदा गाडी चल्न सकेका छैन्न ।

यस्तै, मुख्य राजमार्ग अवरुद्ध भएपछि स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने सडक खण्डबाट साना सवारी साधनहरू (जस्तै: जिप, ट्याक्सी)लाई मात्र आंशिक रूपमा सञ्चालन गराइएको छ । तर, ग्रामीण सडक साँघुरो र हिलाम्मे भएकाले साना सवारी साधन सञ्चालनमा पनि निकै जोखिम र ढिलाइ भइरहेको छ ।

ठूला बस र मालवाहक सवारी साधन पूर्ण रूपमा रोकिँदा यात्रुहरू हिँडेरै वा साना गाडी परिवर्तन गर्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »