सुकुम्वासी समस्या तत्काल समाधान गर्न सांसदहरूको माग

काठमाडौँ : प्रतिनिधि सभाका सांसदहरूले सुकुम्वासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिँदा सुकुम्वासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन् ।

सांसद गणेशसिंह ठगुन्नाले सुकुम्वासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । साथै उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले केही समयअघि सदनमा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।

सांसद रमेशकुमार मल्लले केही दिनअघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीले देखिएको व्यवहार दु:खद् भएको उल्लेख गर्दै अब यस्ता घटना दोहोरिन नदिन सरकारसहित सम्बद्ध सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।

सांसद आरेन राईले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गदै मुलुकका श्रमिक, गरिब, सुकुम्वासीका हकहितका पक्षमा काम गर्न सरकारसँग अनुरोध गरे ।

सांसद ज्ञानबहादुर शाहीले आम नागरिकको बाँच्न पाउने आधार खोसिन नहुने बताउँदै गणेश नेपालीको आत्मदाहलाई रुखो व्यवहारले प्रोत्साहन गरेकाले त्यसमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे ।

सांसद निष्कल राईले लोकतन्त्रको गहना भनेकै जबाफदेहिता र प्रश्न गर्ने अधिकार रहेको बताउँदै जनताको अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको बन्देज लगाउन नपाइने उल्लेख गरे । उनले एउटा नागरिकले आफ्नो ज्यान गुमाउन बाध्य हुनुपर्ने घटनाका बारेमा सरकार संवेदनशील हुनुपर्ने बताए ।

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । लामो समयदेखि निर्माणाधीन रहेको यो राष्ट्रिय गौरवको

Read More »

हेटौंडामा एक पुरुष मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब

Read More »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा

Read More »

भारतको नयाँ शिक्षामन्त्री बने प्रल्हाद जोशी

नयाँ दिल्ली । भारतको केन्द्रीय शिक्षामन्त्रीमा नियुक्त भएपछि प्रल्हाद जोशीको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आफूलाई यस नयाँ जिम्मेवारीबारे जानकारी प्राप्त भएको र पूर्ण

Read More »

बाढीपहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी

Read More »

नागढुङ्गा सुरुङमार्गको शिलालेखबाट केपी ओलीको नाम हटाएर इतिहास मेटाउँदै बालेन सरकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिलान्यासको अभिलेखबाट

Read More »