सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई

काठमाडौँ ।  नेपाली कांग्रेसका सचेतक निस्कल राईले वर्तमान सरकारले नागरिकका आवाज दबाउन खोजेको आरोप लगाएका छन् । संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको पछिल्लो रवैया निरङ्कुशताको सङ्केत भएको दाबी गरे । सचेतक राईले हिजोको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र प्रश्न गर्न नपाइने प्रवृत्तिको विरोध गर्दै अहिलेको सरकार बनेको स्मरण गराए । ‘तर, अहिले यही सरकार आफैँ निरङ्कुश बन्ने बाटोमा अग्रसर छ, जुन लोकतन्त्रका लागि ठुलो प्रश्नचिह्न हो,’ उनले भने ।

सरकारले नागरिक र विपन्न वर्गलाई केन्द्रमा राखेर काम गर्नुको सट्टा आफ्ना गल्ती ढाकछोप गर्नतिर लागेको उनको भनाइ थियो । उनले कांग्रेसले सरकारका यस्ता कदमविरुद्ध संसद्मा निरन्तर प्रश्न उठाइरहने स्पष्ट पारे । ‘हामी संसद्भित्र र बाहिर सधैँ प्रश्न गर्छौँ । सरकारलाई थप जिम्मेवार बनाउन हामी आवाज उठाइरहन्छौँ,’ राईले थपे । साथै, सचेतक राईले सरकारका गल्ती कमजोरीहरूविरुद्ध नागरिक अगुवा र सञ्चारमाध्यमसँग समन्वय गरेर अघि बढ्ने बताए ।

संसद्मा प्रधानमन्त्रीको उपस्थितिका विषयमा पनि राईले असन्तुष्टि व्यक्त गरे । उनले संसदीय अभ्यासमा प्रधानमन्त्री उपस्थित हुँदा प्रतिपक्षी दलका नेतालाई पूर्वजानकारी गराउनुपर्ने परम्परा भए पनि त्यसको पालना नभएको गुनासो गरे । ‘प्रधानमन्त्री संसद्मा आउँदा प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थिति खोजिन्छ । तर, आज प्रधानमन्त्री कति मिनेट र कति सेकेन्ड संसद्मा आउनुभयो भन्ने विषय समाचार बनेको छ,’ राईले भने ।

सचेतक राईले सरकारले गम्भीर मुद्दाहरूबाट ध्यान मोड्न खोजेको आरोप पनि लगाए । उनले हलिउड चलचित्र ‘वाग द डग’ को सन्दर्भ जोड्दै सरकारले पनि मूल समस्या लुकाएर अन्य विषयलाई उछाल्न खोजेको बताए । ‘पार्किङको विषय, कीर्तिपुर र सुकुम्बासी बस्तीमा भएको ज्यादती तथा गणेश नेपालीलगायतको आत्मदाह जस्ता गम्भीर मुद्दालाई सरकारले विषयान्तर गर्न खोजेको छ,’ राईले भने । उनले यी गम्भीर विषयहरूमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने र नागरिकका समस्या समाधानमा गम्भीर हुनुपर्ने माग राखे ।

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । लामो समयदेखि निर्माणाधीन रहेको यो राष्ट्रिय गौरवको

Read More »

हेटौंडामा एक पुरुष मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब

Read More »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा

Read More »

भारतको नयाँ शिक्षामन्त्री बने प्रल्हाद जोशी

नयाँ दिल्ली । भारतको केन्द्रीय शिक्षामन्त्रीमा नियुक्त भएपछि प्रल्हाद जोशीको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आफूलाई यस नयाँ जिम्मेवारीबारे जानकारी प्राप्त भएको र पूर्ण

Read More »

बाढीपहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी

Read More »

नागढुङ्गा सुरुङमार्गको शिलालेखबाट केपी ओलीको नाम हटाएर इतिहास मेटाउँदै बालेन सरकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिलान्यासको अभिलेखबाट

Read More »