अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बहुमूल्य धातुको मूल्यमा तीव्र गिरावट आएको छ । कारोबार अवधिमा सुनको मूल्य २.८३ प्रतिशत अर्थात् ११७ अमेरिकी डलरले घटेर प्रतिऔंस ४ हजार २८ डलरमा झरेको छ । पछिल्लो गिरावटले विश्व बजारमा सुरक्षित लगानीका रूपमा चिनिने सुनमा बिक्री दबाब बढेको संकेत गरेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि उल्लेख्य रूपमा ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २.६२ अमेरिकी डलर अर्थात् ४.३८ प्रतिशतले घटेको छ ।

बजार विश्लेषकहरूका अनुसार अमेरिकी डलर बलियो बन्दै जानु, ब्याजदरसम्बन्धी अपेक्षामा आएको परिवर्तन तथा लगानीकर्ताले जोखिमयुक्त सम्पत्तितर्फ आकर्षण बढाउँदा सुन र चाँदीमा बिक्री चाप देखिएको हो । यस्ता कारणले बहुमूल्य धातुको मूल्यमा अल्पकालीन दबाब परेको विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले आगामी दिनमा स्थानीय बजारमा सुनचाँदीको मूल्यमा समेत यसको असर देखिन सक्ने अनुमान गरिएको छ ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »