राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल

धनुषा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाउने स्पष्ट पारे।

विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा उनले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गरे। विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइहरूबारे चर्चा गर्दै उनले जग्गा प्राप्तिको कानुनी प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य सुरु गरिने आश्वासन दिए।

भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई विभिन्न खेलकुद सामग्री समेत हस्तान्तरण गरे। करिब दुई महिनाअघिको भ्रमणमा विद्यार्थीले खेलकुद सामग्रीको अभाव रहेको भन्दै राखेको गुनासोलाई सम्बोधन गर्दै उनले क्रिकेट ब्याट, बल र फुटबल लगायतका सामग्री उपलब्ध गराएका हुन्। आफ्नै पूर्वप्रतिबद्धताअनुरूप विद्यार्थीको माग पूरा गर्न पाउँदा खुसी लागेको उनले बताए।

मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानका सन्दर्भमा मन्त्री पोखरेलले यसअघि नै प्रतिवेदन सार्वजनिक गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए। उक्त अभियानको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उनले यस विषयमा थप समन्वयका लागि प्रदेश प्रमुख तथा सम्बन्धित एकाइ प्रमुखहरूसँग छलफल गर्ने योजना रहेको समेत स्पष्ट पारे।

‘आज हामी उपकुलपतिसँग छलफल गरी विश्वविद्यालयका समस्या, विशेषगरी जग्गा व्यवस्थापन र आफ्नै भवन निर्माणका विषयमा परामर्श गरेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘यी कामलाई शीघ्र अघि बढाउने तयारी भइरहेको छ।’ यसअघि जनकपुर भ्रमणका क्रममा विद्यार्थीहरूले खेल सामग्रीको अभावबारे गुनासो गरेको र सोही प्रतिबद्धताअनुसार सामग्री हस्तान्तरण गरिएको उनले बताए।

साक्षर प्रदेश घोषणासम्बन्धी प्रतिवेदनको प्रगति सन्तोषजनक रहेको र आगामी दिनमा प्रदेशका सम्बन्धित निकायसँग समीक्षा गर्ने योजना रहेको उनको भनाइ छ। समस्याको पहिचान र समाधान गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने उद्देश्यका साथ काम भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयका लागि जग्गा प्राप्त गरी आफ्नै भवन निर्माण प्रक्रिया सकेसम्म छिटो सुरु गरिने बताए। शिक्षा क्षेत्रमा थुप्रै चुनौतीहरू रहे पनि ती चुनौतीभित्र अवसरहरू खोज्दै सरकार अगाडि बढिरहेको उनले स्पष्ट पारे।

सुनसरी घटना : सिडिओसहित सुरक्षा निकायका प्रमुखहरू फिर्ता

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

Read More »

जनमत पार्टीका सचिव यादवले दिए राजीनामा

बुटवल । जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । रुपन्देहीको भैरहवा निवासी यादवले सोमबार दिउँसो पार्टी  अध्यक्ष डा.सीके राउतलाई सम्बोधन गर्दै राजीनामा

Read More »

बचत फिर्ता माग गर्दै सहकारी पीडितले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले समान रूपमा बचत फिर्ता गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । सोमबार सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सहकारी पीडितहरूले प्रदर्शन

Read More »

नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको

Read More »

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सांसदहरू निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश विनोद शर्माको

Read More »

सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी आवश्यक परे निलम्बनसहित विभागीय कारबाही

Read More »