सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी आवश्यक परे निलम्बनसहित विभागीय कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सांसद साहले सोमबार गृह मन्त्री सुझन गुरुङलाई भेटेर उनले साउने सोमबारको बोलबम यात्राका क्रममा साउन १० गते राति करिब १० बजे दुई समुदायबीच भएको हिंसात्मक झडपमा ओमप्रकाश मेहताको मृत्यु तथा आठ जना घाइते भएको घटनाले दुःखी र मर्माहत बनाएको उल्लेख गरेका छन्। घाइतेमध्ये अधिकांशलाई गोली लागेको र उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले भेटका क्रममा गृहमनन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरेका छन्।

उनले घटनाले स्थानीय शान्ति, सामाजिक सद्भाव तथा सार्वजनिक सुरक्षामा गम्भीर असर परेको भन्दै स्थानीय बासिन्दाबाट घटनाको रोकथाम, नियन्त्रण तथा परिस्थितिको व्यवस्थापनमा प्रशासन र सुरक्षा निकायले अपेक्षित जिम्मेवारी निर्वाह गर्न नसकेको गुनासो आएको उल्लेख गरेका छन्।

सांसद साहले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (एसपी) तथा जिल्ला प्रहरी कार्यालयका डीएसपीको भूमिकामाथि निष्पक्ष छानबिन गरी आवश्यक देखिए निलम्बनसहित विभागीय कारबाही गर्न माग गरेका छन्।

त्यस्तै, घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गर्न, पीडित परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।

सांसद साहले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन, आवश्यक नीति, कानुनी तथा संस्थागत सुधार गर्न र सुनसरीसहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गरी सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा कानुनी शासन कायम राख्न विशेष सतर्कता अपनाउन गृह मन्त्रालयसँग माग गरेका छन्।

घटनाको सत्यतथ्य शीघ्र सार्वजनिक भई पीडितले न्याय पाउने र दोषी कानुनी दायरामा आउने विश्वास व्यक्त गर्दै उनले गृह मन्त्रालयबाट तत्काल प्रभावकारी पहल हुने अपेक्षा पनि गरेका छन्।

सुनसरी घटना : सिडिओसहित सुरक्षा निकायका प्रमुखहरू फिर्ता

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

Read More »

जनमत पार्टीका सचिव यादवले दिए राजीनामा

बुटवल । जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । रुपन्देहीको भैरहवा निवासी यादवले सोमबार दिउँसो पार्टी  अध्यक्ष डा.सीके राउतलाई सम्बोधन गर्दै राजीनामा

Read More »

बचत फिर्ता माग गर्दै सहकारी पीडितले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले समान रूपमा बचत फिर्ता गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । सोमबार सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सहकारी पीडितहरूले प्रदर्शन

Read More »

नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको

Read More »

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सांसदहरू निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश विनोद शर्माको

Read More »

सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी आवश्यक परे निलम्बनसहित विभागीय कारबाही

Read More »