नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको हो।

नेप्से परिसूचक आज ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा झरेर रोकिएको छ। आज बजार खुलेदेखि नै गिरावटको क्रम जारी थियो। समग्रमा परिसूचक १.२१ प्रतिशतले घटेको छ।

सोमबार कुल ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा कुल ६९ हजार ८०३ वटा कारोबार भएका छन्।

आज कुल ३६ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने २३४ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

आज घट्दो बजारमा पनि सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेड रहेको छ, जसको मूल्य १४.९९ प्रतिशतले बढेको छ। अरु कुनै पनि कम्पनीको मूल्यमा उल्लेख्य वृद्धि छैन । आज आत्मनिर्भर लघुवित्तको १३ प्रतिशतले घटेको छ । आज बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै समूह घटेका छन् । उत्पादन ब्यापार र होटल क्षेत्रमा २ प्रतिशत भन्दा धेरै गिरावट छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स ३३ करोड ८६ लाख ६६ हजार ५८१ रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ। त्यसैगरी ग्लोबल आईएमई बैंक, रिडी हाइड्रोपावर, कुमारी बैंक र सेन्ट्रल फाइ क्रमशः सर्वाधिक कारोबार हुने अन्य कम्पनीको रुपमा रहेका छन्।

सुनसरी घटना : सिडिओसहित सुरक्षा निकायका प्रमुखहरू फिर्ता

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

Read More »

जनमत पार्टीका सचिव यादवले दिए राजीनामा

बुटवल । जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । रुपन्देहीको भैरहवा निवासी यादवले सोमबार दिउँसो पार्टी  अध्यक्ष डा.सीके राउतलाई सम्बोधन गर्दै राजीनामा

Read More »

बचत फिर्ता माग गर्दै सहकारी पीडितले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले समान रूपमा बचत फिर्ता गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । सोमबार सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सहकारी पीडितहरूले प्रदर्शन

Read More »

नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको

Read More »

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सांसदहरू निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश विनोद शर्माको

Read More »

सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी आवश्यक परे निलम्बनसहित विभागीय कारबाही

Read More »