एनआरएनएद्वारा नुवाकोटमा ५० लाख बराबरको राहत वितरण

काठमान्डौ : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका करिब ५ सय घरपरिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा, संस्थपाक अध्यक्ष उपेन्द्र महत,प्रमुख संरक्षक डा.बद्री केसीसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै जिल्ला प्रशासन, विपद् व्यवस्थापन समिति, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरी राहत वितरण गरेको हो ।

राहतअन्तर्गत ५ सय घर परिवार लाई पुग्ने: ५ सय थान त्रिपाल,५ सय थान म्याट,५ सय थान सोलार लाइट, ५ सय बक्स खाद्दन, ५ सय थान लत्ता कपडा बक्स,लगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ।

टोलिले नुवाकोट वैकल्पिक आयुर्वेदिक औषधालय तथा विदुर–५ स्थित आश्रयस्थलमा रहेका प्रभावित नागरिक, विशेषगरी वृद्धवृद्धालाई प्रत्यक्ष राहत वितरण गरेको थियो । त्यस्तै, पिपलटार स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित परिवारलाई समेत राहत सामग्री उपलब्ध गराइएको छ ।

एनआरएनए उपाध्यक्ष तथा विपद् व्यवस्थापन संयोजक मनोज गोर्खालीले संघको धारणा राहत मात्रै होइन, पुनर्निर्माण सम्म साथ दिने रहेको बताए । ‘ प्रभावित नागरिकको आवश्यकता अनुसार एनआरएनए निरन्तर सहयोगमा रहनेछ,’ गोर्खालीले भने ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »