मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित मधुवनी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गएराति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर बिआर ३० एल ३१८० को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब साढे पाँच फिट तल रहेको पुलको साइफनमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बलरा नगरपालिका–६ निवासी १७ वर्षीय अभिनाष बैठाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकलको बीचमा सवार बलरा नगरपालिका–६ निवासी १८ वर्षीय रोहित बैठाको थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा करिब २ः३१ बजे बाटोमै मृत्यु भएको मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार भारतको बिहार, सीतामढी जिल्ला, बथनाहा थाना, रनौली–१० घर भई हाल बलरा नगरपालिका–६ बस्दै आएका २४ वर्षीय शनिकुमार बैठाको दाहिने खुट्टा भाँचिएको छ । उनको अवस्था पनि गम्भीर रहेको र सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी नायब निरीक्षक इन्द्रभूषण मिश्राको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »