भोटेकोशी बाढीपीडितका लागि बूढानीलकण्ठको ५५ लाख ५५ हजार सहयोग, उद्धारदेखि रक्तदानसम्मको योजना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि बूढानीलकण्ठ नगरपालिकाले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएको छ।

नगरपालिकाको ९३औँ तथा आकस्मिक नगर कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। जनप्रतिनिधि, कर्मचारी तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम जुटाइने नगरपालिकाले जनाएको छ।

तर, नगरपालिकाले आर्थिक सहयोगमा मात्र सीमित नरही प्रत्यक्ष उद्धार र उपचारलाई समेत प्राथमिकता दिएको छ। प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकलाई स्वास्थ्यकर्मीसहितको एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउने तथा आवश्यक परे नगर प्रहरीको नेतृत्वमा प्रभावित नागरिकलाई काठमाडौं ल्याउने व्यवस्था गर्ने निर्णय गरिएको छ।

त्यस्तै, घाइतेको उपचारमा रगत अभाव हुन नदिन नगरपालिकाका सबै वडामा रक्तदान कार्यक्रम सञ्चालन गर्ने तथा खाद्यान्नलगायत राहत सामग्री संकलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णयसमेत भएको छ।

नगरपालिकाले विपद्को यस घडीमा निजी क्षेत्र, संघ–संस्था, नगरवासी तथा आम नागरिकलाई समेत सहयोगका लागि आह्वान गरेको छ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »