नुवाकोट पुगेर ३ लाखको तत्काल सहयोग, अब प्याब्सनले जुटाउँदैछ १० करोड

काठमाडौं । बाढी–पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी विद्यालयहरूको छाता संगठन प्याब्सनले देशभरबाट १० करोड रुपैयाँ संकलन गर्ने अभियान अघि बढाएको छ।

अभियानको सुरुवात गर्दै केन्द्रीय प्याब्सनको ९ सदस्यीय टोली नुवाकोट पुगेर प्रभावित नागरिकलाई तत्काल ३ लाख रुपैयाँ सहयोग गरेको छ। टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीय नागरिक तथा सरोकारवालासँग राहत आवश्यकताबारे प्रत्यक्ष जानकारीसमेत लिएको थियो।

प्याब्सनले अब देशभरका सदस्य विद्यालयलाई राहत अभियानमा जोड्ने तयारी गरेको छ। विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई समेत अभियानमा सहभागी गराउने योजना प्याब्सनको छ।

संकलित रकम तत्काल राहतमा मात्र नभई प्रभावित विद्यार्थी, परिवार तथा विद्यालयको पुनःस्थापना र शैक्षिक निरन्तरता कायम गर्नसमेत प्रयोग गर्ने प्याब्सनले जनाएको छ।

केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समितिका संयोजक रविन्स शर्माले नुवाकोट पुगेर प्रभावित नागरिकको अवस्था प्रत्यक्ष देखेपछि राहत अभियानलाई थप प्रभावकारी बनाउने आवश्यकता महसुस भएको बताए।

उनका अनुसार नुवाकोटमा गरिएको ३ लाख रुपैयाँ सहयोग सुरुवात मात्रै हो। अब देशभरका सदस्य विद्यालयलाई एउटै मानवीय अभियानमा जोडेर १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य प्याब्सनले अघि सारेको छ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »