कांग्रेस सभापति गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (सोमबार) बाढी प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा उनले यसबारे जानकारी दिएका हुन् ।

थापाले बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा पुगेर त्यहाँको स्थलगत अवस्था बुझ्ने र थप राहत तथा उद्धारका लागि आवश्यक पहल गर्ने पनि बताए । ‘भोलि म आफैँ हाम्रो विपद्को टोलीसहित प्रभावित क्षेत्रमा जान्छु र त्यहाँका साथीहरूसँग थप अन्तरक्रिया गरेर वस्तुस्थिति बुझ्नेछु,’ बैठकमा उनले भने ।

पार्टी कार्यालयमा नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरूसँगको छलफलमा उनले विपद्को यो घडीमा सम्पूर्ण ध्यान उद्धार र राहतमा केन्द्रित गर्न निर्देशन दिए ।

थापाले स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्ने र प्रधानमन्त्री राहत कोषमार्फत एकद्वार प्रणालीबाट सहयोग पुर्‍याउनु प्रभावकारी हुने बताए । स्थलगत भ्रमणपछि प्राप्त हुने जानकारीका आधारमा सरकारलाई उद्धार र राहत कार्यलाई थप व्यवस्थित सुझाव दिने थापाले बताए ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »