केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नेपाली नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन्।

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आइतबार विदुर नगरपालिका–१, ढुङ्गे पुगेका मन्त्री खनालले प्रारम्भिक जानकारीअनुसार केरुङमा करिब एक हजार नेपाली रहेको बताएका हुन्।

“प्रारम्भिक जानकारीअनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ,” उनले भने।

सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालनमा ल्याउन तथा मुस्ताङको कोरला नाका प्रयोग गर्न चिनियाँ पक्षसँग अनुरोध गरिसकेको मन्त्री खनालले जानकारी दिए।

उनका अनुसार बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि विदेशी विशेषज्ञको सहयोग आवश्यक देखिएपछि चीन र भारतबाट विशेषज्ञ बोलाइएको छ।

“आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ,” उनले भने, “हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेको छ। आवश्यकताअनुसार सहयोग लिन्छौँ।”

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »