नाडा अटो शोको अन्तिम ३ घण्टाको टिकट बिक्री रकम बाढीपीडितलाई सहयोग गरिने

काठमाडौं । सामाजिक उत्तरदायित्व र विपद्‌मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

देशभर भइरहेको अविरल वर्षा र बाढीपहिरोका कारण धेरै परिवारहरू समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै नाडा टोलीले मेलाको अन्तिम समयलाई राहत कोषमा योगदान पुर्‍याउने अवसरका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

‘एकातर्फ हामी सवारी साधन र प्रविधिको उत्सव मनाइरहेका छौँ भने अर्कोतर्फ देशैभर हाम्रा दाजुभाइ–दिदीबहिनीहरू प्राकृतिक विपत्तिको सामना गरिरहनुभएको छ,’ नाडाका प्रतिनिधिले भने, ‘अन्तिम ३ घण्टामा संकलन हुने टिकट शुल्क सोझै पीडितहरूसम्म पुर्‍याउने उद्देश्य राखेका छौँ । यो समयमा आउनुहुने प्रत्येक अवलोकनकर्ताको उपस्थिति राहत कार्यमा प्रत्यक्ष योगदान बन्नेछ ।’

काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनीमा सहभागी भई यस परोपकारी अभियानलाई सफल बनाउन आयोजकले सर्वसाधारणलाई हार्दिक अपिल गरेको छ । संकलित सम्पूर्ण रकम निष्पक्ष र पारदर्शी ढंगले आधिकारिक राहत कोषमार्फत तत्कालै प्रभावित क्षेत्रका पीडितहरूसम्म पुर्‍याइने नाडाले जनाएको छ ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »