त्रिशूली–३ ‘ए’ को सुरुङबाट २ जनाकाे जीवितै उद्धार

काठमाडौं । भाेटेकाेशी नदीमा आएकाे बाढीका कारण थुनिएकाे त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल) भित्रबाट दुई जनाको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेको हो ।

जीवितै उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन् । उद्धारलगत्तै उनीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि काठमाडौं ल्याइदैँछ ।

सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसिरहेको जानकारी प्राप्त भएको उद्धारमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिकहरूले बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीले सुरुङभित्र बाँकी रहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »