चोलेन्द्रशमशेर पक्राउ प्रकरण : एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस

काठमाडौं, २३ असोज । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ ।

प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वको गतिविधिबारे गोप्य सुरक्षा सूचना चुहाएको आरोप खेपिरहेका दाहालमाथि सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही सिफारिस भएको छ।

छानबिनको नेतृत्वकर्ता अर्का एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ । 

नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको (क) मा सामान्यस सजाय राखिएको छ भने (ख) मा विशेष सजायको प्रावधान छ । विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ । 

त्यसक्रममा निलम्बित एआईजी दाहालको बयानसमेत समावेश गरिएको छ । उनलाई विचौलिया इनम सापकोटासँग नियमित रुपको सम्पर्कबारे सोधिएको छ । 

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्धबारे समेत सोधिएको छ । जवाफमा दाहालले सापकोटासँग पूर्वचिनजान भएको र कुराकानी हुने गरेको स्वीकार गरे पनि आचरणविपरीतको कुनै कार्य नगरेको जिकिर गरेका छन् ।

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

काठमाडाैं, २५ असाेज । आज बडादसैँको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ। यस दिनदेखि नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा सुरु हुन्छ। यस दिनको धार्मिक,

Read More »

भारतमा हिंसा भड्काउने योजना असफल भएको सम्बित पात्राको दाबी

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय प्रवक्ता तथा लोकसभा सांसद् सम्बित पात्राले भारतमा आगजनी र हिंसा गराउने योजना असफल भएको दाबी गरेका छन्। शनिबार

Read More »

चोलेन्द्रशमशेर पक्राउ प्रकरण : एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस

काठमाडौं, २३ असोज । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ । प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वको गतिविधिबारे गोप्य सुरक्षा सूचना चुहाएको

Read More »

कांग्रेस महाधिवेशन : मतदान जारी, ढुक्क भएर मतदान गर्न गगनको अपिल

काठमाडौँ, २२ असोज।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया जारी छ। निर्धारित समयभन्दा प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो भएपछि नेपाली

Read More »

चाडपर्वमा ललितपुरमा सुरक्षा कडा : १ हजार ३४९ प्रहरी परिचालन

काठमाडौं २१ असोज। चाडपर्वको समयमा हुनसक्ने चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ललितपुर प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

Read More »

राठौरले उम्मेदवारी फिर्ता लिए, सभापतिमा गगनलाई समर्थन

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध हुने भएका छन् ।  जारी १५औं महाधिवेशनअन्तर्गत उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा सभापतिमा उम्मेदवारी दिएका

Read More »