आजको मौसमः तराई र उपत्यकाहरूमा बिहानपख हुस्सु/कुहिरो लाग्ने

काठमाडौं, १६ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

आगामी पाँच दिनका लागि कुनै चेतावनी छैन। यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ

छठलगत्तै संसद् बैठक बोलाउन विपक्षी दलको माग

काठमाडौं, १६ कात्तिक । संघीय संसदका प्रतिपक्ष दलहरुले संसद् बैठक अविलम्ब बोलाउन माग गरेका छन् ।  सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको

Read More »

विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्तावबारे कांग्रेस ‘पर्ख र हेर’ मा

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल कांग्रेसले रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याए साथ नदिने संकेत गरेको छ । बिचौलिया इनम सापकोटासँग मुछिएका न्यायाधीशमाथि

Read More »

आजको मौसमः तराई र उपत्यकाहरूमा बिहानपख हुस्सु/कुहिरो लाग्ने

काठमाडौं, १६ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको

Read More »

स्थानीय तहका लागि रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन खुला

काठमाडौं, १५ कात्तिक । सत्तारुढ रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा

Read More »

आजको मौसमः तराई भू-भाग र उपत्यकामा केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने

काठमाडौं, १५ कात्तिक: हाल (अर्नब चक्रवातको अवशेष) न्यून चापीय क्षेत्रको रूपमा पश्चिम नेपाल नजिक रहेको र अपरान्हसम्म यसको असर नेपालमा देखिने तथा क्रमिक रूपमा सुधार

Read More »

मोरङमा प्रहरीको गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी घाइते 

मोरङ, १३ कात्तिक  । मोरङको रतुवामाईमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीलाई छल्दै भाग्न खोज्नुका साथै प्रहरीमाथि नै गोली प्रहार गर्ने

Read More »