विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्तावबारे कांग्रेस ‘पर्ख र हेर’ मा


काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल कांग्रेसले रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याए साथ नदिने संकेत गरेको छ ।

बिचौलिया इनम सापकोटासँग मुछिएका न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा कांग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने निर्णय गरेर ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्ने संकेत गरेको हो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताए ।

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि उनले गलत क्रियाकलापका विषयमा कांग्रेस गम्भीर र सचेत रहेको उल्लेख गरे । 
‘।गलत क्रियाकलापहरू जुन छ, त्यसको विषयमा हामीहरू अत्यन्त गम्भीर र सचेत छौँ,’ उनले भने, ‘उहाँहरूले यो विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ, यसलाई संसदमा कसरी विषयवस्तु प्रवेश गराउनुहुन्छ, त्यसअनुसार हामीहरू आफ्ना धारणा बनाएर हामीहरू अगाडि बढ्छौँ ।’

रास्वपाले बिचौलिया सापकोटासँग ‘कनेक्सन’ रहेका न्यायाधीशमाथि महाभियोग लगाउने गरी छलफल अगाडि बढाएको छ । तर, उसले महाभियोगका बारेमा अहिलेसम्म ठोस धारणा सार्वजानिक गरेको छैन । 

सोमबार रास्वपा सभापति रवि लामिछानेले कानुनमन्त्री सोविता गौतम, समीक्षा बास्कोटा, सुलभ खरेल, यज्ञमणि न्यौपानेलगायत कानुनी पृष्ठभूमि भएका सांसदहरूसँग छलफल गरेका छन् । न्यायाधीशलाई महाभियोग लगाउने विषयमा रास्वपामा दुई धार देखिएको छ ।

बिचौलिया इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाह निकट देखिएकाले पनि रास्वपा नेतृत्व अन्योलमा परेको छ । न्यायाधीशहरूलाई विवादमा ल्याउन बालुवाटारले नै भूमिका खेलेको निष्कर्षमा सभापति लामिछानेसमेत पुगेको नेताहरू बताउँछन् ।

छठलगत्तै संसद् बैठक बोलाउन विपक्षी दलको माग

काठमाडौं, १६ कात्तिक । संघीय संसदका प्रतिपक्ष दलहरुले संसद् बैठक अविलम्ब बोलाउन माग गरेका छन् ।  सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको

Read More »

विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्तावबारे कांग्रेस ‘पर्ख र हेर’ मा

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल कांग्रेसले रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याए साथ नदिने संकेत गरेको छ । बिचौलिया इनम सापकोटासँग मुछिएका न्यायाधीशमाथि

Read More »

आजको मौसमः तराई र उपत्यकाहरूमा बिहानपख हुस्सु/कुहिरो लाग्ने

काठमाडौं, १६ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको

Read More »

स्थानीय तहका लागि रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन खुला

काठमाडौं, १५ कात्तिक । सत्तारुढ रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा

Read More »

आजको मौसमः तराई भू-भाग र उपत्यकामा केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने

काठमाडौं, १५ कात्तिक: हाल (अर्नब चक्रवातको अवशेष) न्यून चापीय क्षेत्रको रूपमा पश्चिम नेपाल नजिक रहेको र अपरान्हसम्म यसको असर नेपालमा देखिने तथा क्रमिक रूपमा सुधार

Read More »

मोरङमा प्रहरीको गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी घाइते 

मोरङ, १३ कात्तिक  । मोरङको रतुवामाईमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीलाई छल्दै भाग्न खोज्नुका साथै प्रहरीमाथि नै गोली प्रहार गर्ने

Read More »