चुनावमा जनाएको प्रतिबद्धताको ८० प्रतिशत काम गरिसक्यौँ : वडाध्यक्ष बालकृष्ण श्रेष्ठ

भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले चुनावका बेला जनतामाझ घोषणापत्रमार्फत जनाएको प्रतिबद्धता ८० प्रतिशत पूरा गरिसकेको जानकारी दिए ।

‘हामीले काम गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका ८० प्रतिशत काम गरिसक्यौँ,’ उनले भने । आफ्नै वडाका मेयर, उपमेयर तथा प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ पनि ४ नम्बर वडाकै भएकै कारण पनि विकास निर्माण काम गर्न सकिएको बताए ।

विकास निर्माणका काम गर्न आफ्नो वडामा कुनै समस्या नभएको उनले जानकारी दिए । थोरै रकमले पनि धेरै काम गर्न सकिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

बिस्का जात्राका २३ वटा खटमध्ये १४ वटा खट ४ नम्बर वडामै पर्ने भएकाले यसको सांस्कृति पक्षको प्रवद्र्धनमा ध्यान दिएको उनले बाजागाजसहित लोप हुन लागेका सांस्कृतिक पक्षको जेगर्ना गर्ने कार्य गरिरहेको बताए । लोप हुन लागेका भजनदेखि जात्रा तथा बाजालाई आफूले जोगाउने कार्य गर्दै आएको बताएका उनले  आफू पनि सांस्कृति क्षेत्रकै व्यक्ति भएकाले पनि यसप्रति विशेष ध्यान दिएको बताए । ४० वर्षदेखि बालकुमारी जात्रामा प्रत्यक्ष सहभागी हुँदै आएको बताएका उनले संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका कार्य प्राथमिकताको साथ काम गरिरहेको जानकारी दिए ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »