सार्वजनिक ५० रोपनी जग्गा संरक्षणमा ल्यायौँ : वडाध्यक्ष वीरेन्द्र प्रजापति

काठमाडौँ महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले ५ नम्बर वडा लिच्छिवीकालीन शहर भएकाले मास्टर प्लान बनाएर काम गर्ने बताए । मास्टर प्लानको काम सकिसकेको भन्दै उनले अब सोहीअनुसार योजना बनाएर काम गरिने जानकारी दिए ।
विभिन्न शिलालेख लगायतमा सुरुको पहिलो मानववस्ती नै आफ्नो वडा पर्ने उल्लेख भएको भन्दै उनले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको उत्खनन र संरक्षण गर्ने काम भइरहेको बताए । यसका लागि पुरातात्त्विक विभागसँग समन्वय गरिएको वडाध्यक्ष प्रजापतिले बताए । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा जीर्णाेद्वार गर्दा वास्तविक स्वरुपमा परिवर्तन नगरिने र पहिलो जसरी बनाइएको थियो सोहीअनुसार काम गरिने उनको भनाइ छ ।
पर्यटकीय क्षेत्रलाई पनि व्यवस्थित गर्दै आन्तरिक र बाह्य पर्यटकको आकर्षक केन्द्र बनाउने गरी काम भइरहेको उनको भनाइ छ । यी सबै विषयलाई समेटेर मास्टर प्लान बनाएको र सोहीअनुसार योजना बनाएर काम गरिने उनले बताए ।
वडावासीको चाहना र मागअनुसार आफूहरुले काम गर्ने भन्दै उनले मठ मन्दिरको संरक्षण तथा प्रवद्र्धन गर्ने काम भइरहेको बताए । साथै पहेंलो पुलमा खेलकुद मैदान बनाउन लागेको बताएका वडाध्यक्ष प्रजापतिले सानो गौचरणलाई पुनर्निर्माण कार्य भइरहेको बताए ।

सार्वजनिक जग्गाको संरक्षण कार्यलाई पनि वडाले प्राथमिकता दिएर काम गरेको जानकारी दिएका उनले हालसम्म करिब ५० रोपनी जग्गा वडाको संरक्षणमा ल्याएको बताए । जसमध्ये व्यक्तिको नाममा गएको ६ रोपनी जग्गा राज्यको मातहतमा ल्याएको उनले बताए ।
जनताको खासै गुनासो नसुनिएको भन्दै उनले जनताबाट गुनासो नआउने गरी काम गरेको बताए ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »