पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की । पोखरा महानगरपालिका-८ चिप्लेढुंगास्थित ट्रेडमल अगाडि पार्किङ गरी राखेको ग.२३ प ९२०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१७ डेभिजफल बस्ने २२ वर्षीय विजय थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मोटरसाइकल गत मङ्सिर ५ गते साँझ चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा विजयले उक्त मोटरसाइकल चोरी गरी केही पार्टपुर्जा आफ्नो ग.१६ प १४६२ नम्बरको मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा छुट्टाई पोखरा महानगरपालिका-१७ घारीपाटनस्थित कोठामा लुकाई छिपाई राखेको खुल्न आएको हो । 

उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस

काठमाडौँ : सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरीलाई कारबाही सिफारिस भएको छ। कारबाही सिफारिस हुनेमा प्रहरी उपरीक्षक

Read More »

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले साना तथा मझौला व्यवसायी संकटमा परे नेपालको अर्थतन्त्र, बैंकिङ प्रणाली र राजस्व संरचनामै गम्भीर असर

Read More »

जगदीश खरेलको उत्तेजक अभिव्यक्तिले विपक्षी आक्रोशित

काठमाडौँ । रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी दलका सांसदहरु थप आक्रोशित भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच

Read More »

सेयर बजार ९.२४ अङ्कले घट्यो, ४ अर्ब ८५ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक मङ्गलबार ९.२४ अङ्क घटेर २७७७.१० विन्दुमा पुगेको हो । बजारसँगै बजारमा कारोबार

Read More »

लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र स्थिरताका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

Read More »

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेलको

Read More »