मधेश प्रदेशमा नसर्ने रोग पहिचानका लागि एकमहिने अभियान सुरु

महेन्द्रनगर (धनुषा) : ‘समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ आज जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको छ । नसर्ने रोगको रोकथाम तथा सचेतनाका लागि मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले एकमहिने विशेष अभियान शुभारम्भ गर्नुभएको हो । मन्त्री सिंहले अभियान मधेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको बताउनुभयो । “रोग लागेपछि उपचार गर्नुको साटो रोग लाग्न नदिन सचेतना आवश्यक छ । यस अभियानले जनतालाई स्वास्थ्य जोखिमबारे जानकारी दिनाका साथै रोग पहिचान तथा रोकथाममा मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवणकुमार नायकले नसर्ने रोगको समयमै पहिचान गरी उपचार प्रक्रियामा सहभागी हुन आमनागरिकलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनतालाई प्रारम्भिक चरणमै रोग पहिचान गराई आवश्यक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । अभियानले नागरिकलाई नसर्ने रोगहरूबारे सचेत बनाउँदै उपचार प्रक्रियामा सहभागी गराउने छ”, नायकले भन्नुभयो । अभियानका क्रममा प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनाका साथै १३६ वटै पालिकामा सञ्चालन गरी समुदायस्तरमै रोग पहिचान र रोकथामका उपायहरूबारे जनचेतना अभिवृद्धि गरिने प्रयोगशालाले जनाएको छ ।

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »